यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अछाममा भिरबाट खसेर पुरुषको मृत्यु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अछाममा भिरबाट खसेर पुरुषको मृत्यु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अछाम

अछाममा भिरबाट खसेर पुरुषको मृत्यु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र ७, शुक्रबार १४:२० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

मङ्गलसेन ।खेतबाट फर्किने क्रममा भिरबाट लडेर अछाममा एक जनाको मृत्यु भएको छ ।

पञ्चदेवल विनायक नगरपालिका –५ लयाटीका ४५ वर्षीय कमलबहादुर शाहीको मृत्यु भएको अछाम प्रहरीले जानकारी दिएको छ ।

घरदेखि करिब पाँचसय मिटरको दूरीमा रहेको बडरुख भन्ने स्थानमा चिप्लिएर एकसय मिटर तल खसेपछि उपचारमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

घाइते अवस्थामा भेटिएका शाहीलाई उपचारको क्रममा स्थानीयले छिमेकी जिल्ला दैलेखको राकम लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मङ्गलसेन ल्याइएको छ ।

उता तुर्माखाँद गाउँपालिका –४ जङ्गलघाटमा बुधबार कर्णाली नदी छेउमा भेटिएको शवको पहिचान खुलेको छ । अछाम र सुर्खेत जोड्ने जङ्गलघाट झोलुङ्गे पुलबाट करिब एकसय मिटर तल भेटिएको शव दैलेखको डुङ्ग्रेश्वर गाउँपालिका –२ लाकुरी बस्ने ६० वर्षीय बलबहादुर गाहामगर भएको खुलेको छ ।

माछा मार्ने क्रममा दैलेखको लोहोरे खोलाले बगाएर लगेको बताइएको छ । मृतकका छोराले आफ्नो बुवा भनेर जिल्ला अस्पताल अछाममा पोष्टमार्टमपछि शव बुझेर लगेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

अघिल्लो लेख नेपालगञ्जको कान्तिताल सिमसारमा मोटरबोट, दुर्लभ चराको बासस्थान संकटमा पर्ने जोखिम
अर्को लेख थाइल्याण्डमा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

अछाम

अछामको कमलबजार विमानस्थलमा ३२ वर्षपछि व्यावसायिक उडान

२०८२ बैशाख ९, मंगलवार १९:१५ गते
अछाम

चितामा आमा जलिरहिन्, उनीहरू टोलाइरहे

२०८१ आश्विन १९, शनिबार १५:१६ गते
अछाम

अछाममा ३ घरमा आगलागी

२०८१ चैत्र १, शुक्रबार ११:१९ गते
अछाम

अछामको एक घरमा आगलागी

२०८१ फाल्गुन १२, सोमबार १०:२७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?