अछाम । लोक सेवा आयोगको परीक्षामा नक्कली परीक्षार्थी आरोपी फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् ।
फरार रहेका मेल्लेख गाउँपालिका –३ ठाँटी निवासी २५ वर्षीय मनराज कामीलाई अछाम प्रहरीले घरबाट पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय साँफेबगरको टोलीले कामीलाई घरबाट पक्राउ गरेर आवश्यक कारबाहीका लागि कञ्चनपुर प्रहरीमा पठाइएको अछाम प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक जय पार्कीले जानकारी दिएका छन् ।
अछाम प्रहरीका अनुसार लोक सेवा आयोग ऐन २०७९ सम्बन्धी कसुर मुद्दामा कञ्चनपुर जिल्ला अदालतले कामीलाई पक्राउ आदेश दिएको थियो । वन रक्षकको परीक्षामा कामी नक्कली परीक्षार्थी रहेको आरोप छ ।





