यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सागसब्जीका बेर्ना बेचेर प्रशस्त आम्दानी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सागसब्जीका बेर्ना बेचेर प्रशस्त आम्दानी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

सागसब्जीका बेर्ना बेचेर प्रशस्त आम्दानी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र ५, बुधबार १९:२९ गते
SudarshanTelevision
5 मिनेटको
सेयर गर्नुहोस्

कैलाली – आफ्नो स्वामित्वमा रहेको जमिनमा सागसब्जीका बेर्ना लगाएकी टीकापुर नगरपालिका–१ वनगाँउकी सरिता चौधरी सातामा दुई दिन बेर्ना बेच्न टीकापुर कृषि बजार पुग्छिन्

“जागिर खानलाई पढाइ छैन, खेती गर्नलाई प्रशस्त जमिन छैन । भाडामा जमिन लिएर काम गर्न लगानी छैन”, उनले भनिन्, “थोरै जमिनमा सागसब्जीबेर्ना उत्पादन गरेर बिक्री गर्दा घरको खर्च टरेको छ ।” उनले वर्षभरि प्रायः यामअनुसार सागसब्जीका बेर्ना उत्पादन गर्दै आएकी छन्। एक कठ्ठा जग्गामा बेर्ना उत्पादन गर्दै आएकी उनले बेर्ना बिक्री गरेर वार्षिक रु दुईदेखि तीन लाख आम्दानी हुने गरेको बताइन् ।

सागसब्जीका बेर्ना उत्पादन गर्ने किसानलाई कृषि हाटबजारले राम्रो साथ दिएको छ । थोरै जमिन भएकालाई पनि हाटबजारमा पाइने सागसब्जीका बेर्नाले सहज बनाएको छ ।

टीकापुरकै सुदेशु चौधरीले कृषि हाटबजार लक्ष्यित गरेर सागसब्जीका बेर्ना तयार पार्ने गरेको सुनाए । “हामीले बिक्री गर्ने बेर्ना व्यावसायिक कृषिखेती गर्ने किसानभन्दा घरको आँगन वरपर बचेको जमिनको सदुपयोग गर्नेले किन्ने हो”, उनी भन्छन्, “बेर्ना बेचेर आएको पैसाले घर खर्च, बेर्ना उत्पादनका लागि लाग्ने लागतसहित थोरै भए पनि बचत हुने गरेको छ ।” वार्षिक रु चारदेखि पाँच लाखसम्मको सागसब्जीका बेर्ना आफूले बिक्री गर्दै आएको सुदेशु बताउँछन्।

वीणा चौधरी पनि एक दशकभन्दा लामो समयदेखि तरकारीको बेर्ना उत्पादन गर्दै आएकी छिन्। अरुले व्यवसाय गरेको हेरेर सागसब्जीबेर्ना उत्पादन सुरु गरेकी चौधरीले छ महिनाको सागसब्जीका बेर्ना उत्पादन तालिम नै लिएकी छिन्।

तालिम लिएपछि व्यावसायिक रूपमा उनको परिवार नै त्यसैमा निर्भर छ । उनको फार्ममा कैलालीका विभिन्न पालिकाबाट बेर्ना किन्न आउने गरेको उनी बताउँछिन्। सागसब्जी बेर्ना बिक्रीका लागि कृषि हाटबजार किसानका लागि बरदान बनेको उनी बताउँछिन् । “उत्पादन भएको बेर्नाको बजारीकरणमा समस्या त छैन, तर पनि हाटबजारले बजारीकरणमा थप सहयोग पुर्याएको छ”, उनी भन्छन् । बेर्ना बिक्रीबाट वार्षिक रु छ लाखसम्म कमाइ हुने गरेको बताइन् ।

सृजना चौधरीको आठजनाको परिवार तरकारीको बेर्ना उत्पादन गर्ने र बिक्री गर्नमै व्यस्त छ । हप्ताको दुई दिन सृजनाको परिवारको चारजना कृषि हाटबजारमा बेर्न बिक्री गर्न पुग्छन् । कृषि हाटबजारमा पनि फरकफरक ठाउँमा बसेर उनीहरूले बेर्ना बिक्री गर्छन् ।

पाँच कठ्ठामा सागसब्जीबेर्ना उत्पादन गर्दै आएका उनका परिवारको आर्थिक स्रोतको मुख्य आधार नै तरकारीको बेर्ना हो । बेर्ना बिक्री गरेर आएको पैसाले उनको घरको हरेक खर्च व्यवस्थापन हुन्छ । “जमिन भएको भए तरकारीखेती पनि गरिन्थ्यो । भएको जमिन बेर्ना उत्पादनका लागि कम भएको छ”, सिर्जना भन्छिन्, “कृषि हाटबजारले हामीले उत्पादन गरेको बेर्नाले माग धान्न सकेको छैन । आवश्यकतानुसार बेमौसमी सागसब्जीबेर्ना पुर्याउन सकिएको छैन ।”

रामलक्ष्मी चौधरी गृहिणी हुन्। श्रीमान् शिक्षण पेशामा हुँदा छिमेकीबाट तरकारीको बेर्ना उत्पादन गर्न सिकेकी रामलक्ष्मीले घरको खर्च टार्न श्रीमानसंग पैसा माग्नुपरेको छैन । आफ्नो घर छेउमा रहेको एक कठ्ठा जग्गा भाडामा लिएर बेर्ना उत्पादन गर्दै आएकी रामलक्ष्मीले बेर्ना बिक्री गरेर वार्षिक रु दुईदेखि तीन लाखसम्म आम्दानी गर्ने गरेको बताउँछिन्। उनले उत्पादन गरेको बेर्नाको बजारीकरणको आधार त्यहीँ कृषि हाटबजार हो ।

टीकापुरमा केही महिलाले महिला कृषि सहकारी संस्था दर्ता गरेर तरकारीको बेर्ना उत्पादन सुरु गर्नुभएको छ । किस्निनिया महिला कृषि सहकारी दर्ता गरेर तरकारीको बेर्नासहित महिलालाई उत्पादनसँग जोड्ने प्रयास भइरहेको सहकारी संस्थाकी अध्यक्ष करिष्मा कठरिया बताउँछिन्। “हामी अहिले एक सय एकजना महिला सहकारीमा आवद्ध भएर काम गरिरहेका छौँ । खासगरी महिलालाई उत्पादनसँग जोडेर आत्मनिर्भर बनाउने उद्देश्यले सहकारी स्थापना गरेका थियौँ”, उनले भनिन्, “त्यसैअनुसार तरकारीको बेर्ना उत्पादन सुरु गरेका छौँ भने अन्य कृषिसँग सम्बन्धित व्यावसायिक कार्यक्रम पनि सञ्चालन गर्दै आएका छौँ ।”

टीकापुरमा हप्ताको पाँच दिन कृषि हाटबजार सञ्चालन हुँदै आएको छ । हरेक मङ्गलबार र शुक्रबार सागसब्जीका बेर्नासहित उत्पादन भएको कृषिउपज बिक्रीका लागि कृषि हाटबजार पुग्ने गरेका छन् । रासस

अघिल्लो लेख दार्चुलामा जिप दुर्घटना हुँदा दुई जना घाइते
अर्को लेख डडेल्धुरामा सर्भर डाउन हुँदा भुक्तानी अवरुद्ध
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

धनगढी र भजनी भन्सार छलीका सामान बरामद

२०८२ असार १९, बिहीबार १०:२१ गते
कैलालीराष्ट्रिय

धनगढीबाट उडेका विमान भैरवाह र नेपालगञ्जमा आकस्मिक अवतरण

२०८१ श्रावण ९, बुधबार १३:१६ गते
कञ्चनपुरकैलालीसमाचार

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८२ असार १२, बिहीबार ११:२७ गते
कैलालीराष्ट्रिय

आज धनगढी लगायत देशभर जापनिज भाषा परिक्षा ‘जेपीटी’ सम्पन्न

२०८१ आश्विन १२, शनिबार २०:४३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?