बैतडी । बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको सिगास गाउँपालिका–३ तल्ला हल्कासैनीकी अन्दाजी ३८ वर्षीया भावना धामीको मृत्यु भएको हो ।
मंगलबार दिउँसो करिब साढे ३ बजेको समयमा घरनजिकैको त्वापोड भन्ने भिरबाट लडेर उनको मृत्यु भएको हो ।
बाख्रा चराउन गएकी धामीको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको स्थानीय एवं आफन्त दिपेन्द्र सिंह धामीले बताएका छन् ।





