ललितपुर — जनता समाजवादी पार्टी नेपालले पाँच लाख नयाँ संगठित क्रियाशील सदस्य थप्ने निर्णय गरेको छ ।
अध्यक्ष उपेन्द्र यादवले त्यसकालागि पार्टीले चार महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने बताएका छन् ।
अध्यक्ष यादवले हालै सम्पन्न केन्द्रीय समितिको बैठकमा अभियानलाई सफल बनाउन नेताहरुलाई जिम्मेवारीसहित निर्देशन दिए ।
यही भाद्रको पहिलो सातादेखि मंसिर मसान्तसम्म अभियान सञ्चालन गर्ने निर्णय केन्द्रीय समिति बैठकले गरेको छ ।
अभियानका लागि अध्यक्ष यादवले केन्द्रीय समितिका सदस्यहरुलाई एक दिवसीय प्रशिक्षण समेत गरेका छन् ।
अध्यक्ष यादवले आगामी चार महिनासम्म संगठन निर्माण, विस्तार, शुद्धीकरण र सुद्दढीकरण अभियानमा होमिन सम्पूर्ण नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।




