धनगढी – कैलाली र कञ्चनपुरका छुट्टाछुटै स्थानबाट भन्सार छलीको सामान बरामद गरिएको छ ।
कैलालीको भजनी, कैलारी र कञ्चनपुरको बेलौरीबाट शुक्रवार भन्सार छलीका सामान बरामद गरिएको हो ।
भजनी नगरपालिका–३ कर्मदेबघाट र कैलारी गाउँपालिका–४ हनुमान मन्दिर नजिकबाट अबैंध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका ४१ हजार ६५० रुपैयाँ बराबरको चिनी, सुर्ती, कस्मेटिक लगायतका सामानहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।
यस्तै बेलौरी नगरपालिका–६ भुराकोटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ६९ हजार सय बराबरको चिनी, बिडी, सुर्ती लगायतका सामानहरु इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।





