धनगढी – आज साउन १५ अर्थात खीर खाने दिन धनगढीमा पनि मनाइएको छ ।
आज धनगढीको प्रेस कल्बको सभाहलमा कलाकार र पत्रकारको सामुहिक खीर खाने कार्यक्रम सम्पन्न भएको हो ।
कलाकार र पत्रकार बीचको आपसी सम्बन्धलाई अझ प्रगाढ पार्ने उद्देश्यका साथ चलचित्र पत्रकार संघ सुदूरपश्चिमद्धारा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
सुदूरपश्चिका अग्रज, अनुज कलाकार र पत्रकारको उल्लेख्य उपस्थितिमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा कलाकारहरुले आफ्नो विगत र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए ।
साथै पत्रकार र कलाकार एक जुट भई सहयात्रा गरेर अगाडि बढ्नुपर्ने कार्यक्रममा सहभागी भएका कलाकार पत्रकारको धारणा रहेको थियो ।





