धनगढी – धनगढीबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–६ चैतन्य पाठशाला नजिकबाट धनगढी उपमहानगरपालिका–५ बस्ने १८ वर्षीय किशोरले चलाएको सुदूरपश्चिम प्रदेश ०१००९ प ४८० नम्बरको स्कुटीमा सवार धनगढी उपमहानगरपालिका–१ शिवनगर बस्ने १९ वर्षीय योगेन्द्र प्रसाद भट्ट र धनगढी उपमहानगरपालिका–८ क्याम्पस रोड बस्ने ३५ वर्षीय आयुष सिंहसहित तिनै जनालाई राति २ बजे प्रहरीले नियन्त्रणमा लिएको छ।
६८० मिलिग्राम धनगढी (खैरो हिरोइन) र स्कुटिसहित तिनै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।





