यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सिमलताल दुर्घटना : भारतीय टोली फर्कियो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सिमलताल दुर्घटना : भारतीय टोली फर्कियो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

सिमलताल दुर्घटना : भारतीय टोली फर्कियो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १३, आईतवार २०:२६ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

चितवन – पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका बस र यात्रुको शव खोजीका लागि आएको भारतीय उद्धार टोली विनाउपलब्धि फर्किएको छ।

सात दिनका लागि नेपाल सरकारको अनुरोधमा चितवन आएको भारतको राष्ट्रिय आपदा मोचन बल (एनडिआरएफ)का गोताखोरसहितको १२ जनाको प्राविधिक टोली आइतबार फर्किएको हो।

भारतीय टोलीले ठोस उपलब्धि हासिल नगरे पनि घटनास्थलनजिक विभिन्न दुई ठाउँलाई सम्भावित ठाउँका रूपमा पहिचान गरेर आफूहरूलाई जानकारी दिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। ‘भारतीय टोलीले भनेका ठाउँसहित अन्य ठाउँमा पनि नेपाली सुरक्षाकर्मीले खोजी कार्यलाई निरन्तरता दिनेछन्,’ उनले भने, ‘भारतीय टोलीले तीन दिनभित्र खोजीकार्यको विषयमा प्रतिवेदन नेपाललाई बुझाउनेछ।’

बससँगै बेपत्ता भएकाहरूको खोजीकार्यका क्रममा भारतीय टोलीको १९ केजीको चुम्बक र लाइफब्वाई ट्युबसमेत हराएको थियो। नदीको बहाव र वेगका कारण खोजीकार्यमा समस्या हुँदै आएको छ। सोही कारण भारतीयले लिएर आएको तीनवटा आधुनिक सोनार क्यामेरासमेत पूर्ण रूपमा प्रयोग हुन पाएन।

काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौंका लागि छुटेको एन्जल डिलक्स बस गत २८ असारमा भरतपुर महानगर– २९, सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा पहिरोसँगै त्रिशूली नदीमा खसेका थिए । बसमा सवार ६५ मध्ये तीनजना पौडिएर बाँचे पनि ६२ जना बेपत्ता भएका थिए। अहिलेसम्म २४ जनाको शव फेला परेको छ। ३८ जनाको अवस्था अझै अज्ञात छ।

भेटिएको शवमध्ये तीन महिलासहित १९ जनाको मात्र सनाखत भएको छ । ४ साउनदेखि कुनै पनि शव भेटिएका छैनन्। यसअघि भेटिएका शव पनि बगाएर लगेको अवस्थामा नारायणी नदी र भारतीय सीमाका छेउछाउमा भेटिएको थियो। सो कारण पनि बसको अवशेष फेला पर्ने सम्भावना तत्काल नदेखिएको प्रजिअ यादव बताउँछन्। उनले भने, ‘घटना भएको १६ दिन भइसकेको छ। शव फेला परे पनि पहिचान हुन सक्ने अवस्था छैन। बसको अवशेष पनि फेला पर्ने तत्काललाई सम्भावना देखिएको छैन।’ मन्त्रिपरषद्को निर्णयअनुसार मृतकसरह बेपत्तालाई पनि राहत दिने प्रक्रियालाई आफूले सहजीकरण गर्ने यादव बताउँछन्।

सिमलताल पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता र बसको खोजीका लागि सुरुदेखि नै सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी, गोताखोरका साथै आधुनिक किसिमको वाटरड्रोन (सोनार), आकाशबाट पनि ड्रोन क्यामेरा, र्‍याफ्टिङ बोट, मोटरबोट, ठूलो चुम्बक र फलामको हुक (एंकर)को प्रयोग गरिएको छ। किनारको वारिपारि मोटरबोट र दूरबिनको प्रयोगमार्फत पनि खोजी भइरहेको छ।

अघिल्लो लेख क्यालिफोर्नियाको इतिहासकै सातौँ ठूलो आगलागी
अर्को लेख आज साउनको दोस्रो सोमबार, शिवालयमा दर्शनार्थीको घुइँचो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

उपत्यकामा प्रहरीको निःशुल्क बस सञ्चालन

२०८२ जेष्ठ १९, सोमबार १२:२२ गते
राष्ट्रिय

मधेश आन्दोलनका बन्दीको रिहाइ गर्न जसपा नेपालको माग

२०८१ भाद्र १, शनिबार १९:२४ गते
राष्ट्रिय

मुस्ताङमा लेक लागेर ११ जनाको मृत्यु

२०८१ चैत्र १०, आईतवार १०:३० गते
राष्ट्रियसमाचार

११ वटा निर्माण कम्पनी कालोसूचीमा राख्ने निर्णय

२०८२ भाद्र ९, सोमबार १३:३१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?