धनगढी –कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
जिल्लाको धनगढी उपमहानगरपालिका–१ शिवनगर चोकबाट धनगढी उपमहानगरपालिका–४ बस्ने २० वर्षीय दिपक थापामगर र टीकापुर नगरपालिका–४ का ३० वर्षीय आशिष चौधरी लागूऔषधसहित पक्राउ परेका हुन्।
दुवै जनालाई १९० मिलिग्राम लागूऔषधसहित वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।





