काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि श्रीलङ्काली राजदूत सुदर्शना पाथिरनाले आज शिष्टाचार भेट गरेका छन् ।
परराष्ट्र मन्त्रालयस्थित मन्त्री डा.राणाको कार्यकक्षमा भएको सो भेटका क्रममा दुई देशको आपसी हित तथा नेपालश्रीलङ्का सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।





