यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पुनःनिर्माणको पर्खाइमा जाजरकोट दरबार
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पुनःनिर्माणको पर्खाइमा जाजरकोट दरबार
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

पुनःनिर्माणको पर्खाइमा जाजरकोट दरबार

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण ७, सोमबार १७:५५ गते
SudarshanTelevision
6 मिनेटको
सेयर गर्नुहोस्

काँक्रेविहार ।विसं १८५२ मा निर्माण भएको ऐतिहासिक जाजरकोट दरबार हाल त्रिपालले ढाकिएको अवस्थामा छ ।

गत कात्तिक १७ गते रामीडाडाँ केन्द्रविन्दु भएर गएको भूकम्पका कारण दरबारमा क्षति पुगेपछि हाल वर्षाबाट जोगाउन त्रिपालको सहारा लिनुपरेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । योभन्दा पहिले दुई पटक आएको भूकम्पले पनि दरबारमा क्षति पुगेको थियो ।

डिभिजन वन कार्यालय जाजरकोटको सहयोगमा त्रिपालले ढाकिएको प्रजिअ अधिकारीले बताए । अत्यन्तै जोखिम भएपछि त्रिपालले ढाकिएको प्रजिअ अधिकारीको भनाइ छ ।

यसअघिका दुईवटा भूइँचालोले दरबारलाई क्षति पुर्‍याएपछि दुवैपटक पुनःनिर्माण गरिएको थियो । यस पटक पुनः भूकम्पले पूर्णरुपमा क्षति पुर्‍याएपनि पुनःनिर्माण हुन सकेको छैन ।

दरबार पुनःनिर्माणका लागि विसं १९९० पछि भक्तपुरका नेवार तत्कालीन इन्जिनियर नाक्चेलाई ल्याएर यसको पुनःनिर्माण गरिएको थियो । यो दरबार ऐतिहासिक तथा पुरातात्विक रुपमा महत्वपूर्ण मानिन्छ । यो जाजरकोटको मात्र नभएर कर्णालीको मुख्य पर्यटकीय गन्तव्य हो ।

दरबारमा क्षति पुगेपछि जिल्ला प्रशासनलगायतका सेवा प्रवाह प्राङ्गणमा सारिएको छ । केही दशकयता जाजरकोट दरबार भनेर चिनिने यो भवनमा प्रशासन कार्यालय रहेको थियो । प्रशासनसँग समन्वय गरेर काम गर्नुपर्ने अरू केही सरकारी कार्यालय यही भवनमा थिए ।

भित्र जोखिम भएपछि नियमित काम गर्न प्राङ्गणमा अस्थायी संरचना बनाइएको छ । ‘सेतो दरबार’ भनेर चिनिने जाजरकोट दरबारले भूकम्प सहेको यो तेस्रोपटक हो । यो पटक दरबार चर्किएको मात्र छ । केही वर्षअघि सरकारद्वारा सूचीकृत एक सय पर्यटकीय गन्तव्यभित्र सेतो दरबार अर्थात् जाजरकोट दरबार पनि समावेश छ ।

पर्यटकीय गन्तव्यका रूपमा रहेको ऐतिहासिक दरबार भूकम्पले जोखिम निम्त्याएपछि यसको संरक्षणमा चुनौती थपिएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए। ‘दुईपटक भत्किसकेको दरबार अहिले उस्तै जोखिममा परेको छ, जिल्लाको इतिहास जोगाउन यसलाई जोगाउनैपर्ने हुन्छ,’ उनले भने, ‘जाजरकोट राज्य हुँदा जनताको श्रमबाट पुनःनिर्माण गरिएको थियो, अब यसरी समयमै पुनःनिर्माण गर्न सहज छैन।

योभन्दा ९० वर्षअघि विसं १९९० माघ २ गते नेपाल र भारत केन्द्रविन्दु भएर गएको आठ म्याग्निच्युडको भूकम्पले जाजरकोट दरबार पूर्ण रूपमा भत्किएको थियो । तत्कालीन जाजरकोटी राजा इन्द्रनारायण शाहको पालामा खलङ्गा क्षेत्रको सबैभन्दा अग्लो भाग छनोट गरेर दरबारको निर्माण गरिएको इतिहास छ ।
त्यसअघि सोही क्षेत्रमा रातो दरबार थियो ।

जसलाई विसं १८२५ सालमा राजा हरि शाहले बनाएका थिए । यो दरबारमा पनि अहिले सरकारी कार्यालय छ । यसअघि जिल्ला विकास समिति र कृषि विकास बैंक रहेको रातो दरबारमा अहिले जिल्ला समन्वय समितिको कार्यालय छ ।

रातो दरबार निर्माण गरेको २७ वर्षपछि राजा इन्द्रनारायणले राज्य सञ्चालनका लागि थप भौतिक संरचनाको आवश्यकता ठानेर सेतो दरबार बनाएका थिए । यो दरबार बनाउँदा जाजरकोटी राजाको आदेशमा जनश्रमदान गरिएको थियो । राजाले जनतालाई श्रमदान गर्ने निश्चित दिन तोकिदिएका थिए ।

जाजरकोट दरबारले दोस्रो पटक भूकम्पीय क्षति विसं २०४५ सालमा भोगेको थियो । उदयपुर केन्द्रविन्दु रहेको उक्त भुकम्प छ दशमलव नौ रेक्टर स्केलको थियो । त्यसले दरबारको पश्चिम भाग ९जसलाई पश्चिम नाल भनिन्थ्यो० मा क्षति पुगेको थियो । उक्त क्षतिको विसं २०५१ मा पुनःनिर्माण गरिएको थियो ।

जाजरकोट दरबारबाट इन्द्रनारायण पछिका सात राजाले शासन गरेका थिए । यो दरबारबाट शासन चलाउने अन्तिम राजा प्रकाश विक्रम शाह थिए । इन्द्रनारायणभन्दा अघिका जाजरकोटी राजा हरि शाहदेखि गजेन्द्रनारायण शाहसम्मले रातो दरबारबाट शासन चलाएका थिए ।

राजेन्द्रविक्रम शाहका अनुसार जाजरकोटको राज्य सञ्चालन हुने सेतो दरबार र रातो दरबारमार्फत् २०१७ सालदेखि सरकारी कामकाज हुँदै आएको हो । २०१७ सालमै प्रकाशविक्रम शाहले नेपाल सरकारलाई ६० हजारमा जाजरकोट दरबारको भवन बिक्रि गरेका थिए । त्यसपछि यो सरकारी सम्पत्तिका रूपमा परिणत भएको थियो ।

खलङ्गाको माथिल्लो थाप्लेमा बनेका व्यक्तिको स्वामित्वमा भएका दुईवटा घरलाई पनि स्थानीयले दरबार भन्ने गरेका छन् । ती दुई घरमध्ये एउटा जाजरकोटी राजा जंगबहादुर शाहका छोराहरू समरध्वज शाह, रणध्वज शाह र सुरबहादुर शाहले विसं १९४२ सालमा जाजरकोटी जनताको सहयोगमा बनाएका थिए ।

अर्को घर जङ्गबहादुरकै छोरा शक्तिवर्द्धन शाह, अमरबहादुर शाह, नरशम्शेर शाह र नरजंग शाहले विसं १९५० सालमा बनाएका हुन् । दरबारकै रूपमा चिनिने यी घर राज्य सञ्चालनका लागि नभइ राजाका भाइछोरा बस्न भनेर दरबारकै स्वरूपमा बनाइएको थियो । राजाका भाइ–छोराहरू धेरै भएर उनीहरूका आवास व्यवस्थापन गर्न ती घरहरू बनेको शाहको भनाई छ ।

यसअघिका दुवै भूकम्पबाट जोगिएका यी दरबार यसपटक भत्किएका छन् । दरबार आसपासमा बनेका पुराना भौतिक संरचना पनि भूकम्पले तहसनहस छन् । रासस

अघिल्लो लेख लुम्बिनीको मुख्यमन्त्रीमा आचार्य नियुक्त
अर्को लेख लिपुलेक, कालापानी नेपालको भन्नेमा सरकार दृढ छ : प्रधानमन्त्री ओली
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

अङ्ग प्रत्यारोपणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शनिबारदेखि काठमाडौंमा

२०८१ मंसिर २६, बुधबार ०९:४६ गते
राष्ट्रिय

हुस्सु र कुहिरो लागेको बेला दुर्घटनाको जोखिम, गाडी चलाउँदा ट्राफिक नियम पालना गर्न अनुरोध

२०८१ पुष २४, बुधबार १२:५० गते
राष्ट्रिय

खोलाले अटो रिक्सा बगाउँदा बेपत्ता भएका दुई जनामध्ये एकको शव फेला

२०८१ श्रावण १९, शनिबार १६:२२ गते
राष्ट्रिय

काठमाण्डौंका विभिन्न ठाउँमा आज बिजुली नआउने

२०८१ फाल्गुन १६, शुक्रबार ०९:३४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?