रामेछाप – रामेछाप जिल्लाका विभिन्न पालिकामा रहेका सरकारी विद्यालयहरूमा रोबोटिक्स, कृत्रिम बुद्धिमत्ता (एआई) र मानव रहित हवाई यन्त्र (ड्रोन) सम्बन्धी कार्यशाला सञ्चालन भइरहेको छ।
यसैक्रममा गोकुलगंगा गाउँपालिका–२, ठोसेस्थित शारदा माध्यमिक विद्यालयमा कार्यशालाको पहिलो दिन विद्यार्थीहरूले प्रविधिको आधारभूत सैद्धान्तिक र व्यवहारिक ज्ञान प्राप्त गरेका छन्।
कार्यक्रमका संयोजक सञ्जय बुढाथोकी रहेका छन्। तालिममा ड्रोन विज्ञ दीपेन्द्र जोशी र निशान्त भण्डारी तथा मेसिन लर्निङ विशेषज्ञ शम्भु आचार्य र मिलन जोशी प्रशिक्षक रहेका छन्।
विद्यालयमा यस्ता प्रविधिमैत्री कार्यक्रमले विद्यार्थीहरूमा वैज्ञानिक सोच, सिर्जनशीलता र भविष्यका सम्भावनातर्फ उत्साह जागृत गर्ने विश्वास लिइएको छ।




