यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘स्वाइन फिभर’को जोखिमले कैलालीमा किसानले बङ्गुरपालन छाडे
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘स्वाइन फिभर’को जोखिमले कैलालीमा किसानले बङ्गुरपालन छाडे
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

‘स्वाइन फिभर’को जोखिमले कैलालीमा किसानले बङ्गुरपालन छाडे

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण ७, सोमबार १३:१८ गते
SudarshanTelevision
5 मिनेटको
सेयर गर्नुहोस्

कैलाली । बङ्गुरमा देखापरेको स्वाइन फिभरका कारण जिल्लाका किसानले बङ्गुरपालन छाडेका छन् ।

व्यावसायिक रूपमा बङ्गुरपालन गर्दै आएका किसानले स्वाइन फिभरको जोखिमले पुनः बङ्गुरपालन गर्न आँट गरेका छैनन् । साना व्यवसायीले समेत बङ्गुरपालन गर्न छाडेका छन् ।

करिब दुई वर्षअघि देखापरेको रोगले व्यवसायीले बङ्गुरपालनमा चासो देखाए पनि फेरि रोग आउने हो कि भन्ने जोखिममा सबैमा उत्तिकै छ ।

स्थानीयस्तरमा किसान र समूहमा समेत बङ्गुरपालन गर्ने गरेका थिए अहिले त्यो पनि रोकिएको छ । बङ्गुरपालन व्यवसाय कम भएपछि यतिखेर कैलालीमा बङ्गुरको मासु अभाव हुन थालेको छ । एक वर्षअघि प्रतिकिलो तीन सय ५० मा पाइने मासु यतिखेर पाँच सय पर्न थालेको छ ।

जिल्लाभन्दा बाहिरबाट बङ्गुर ल्याउँदा मूल्य बढेको मासु विक्रेता राजकिरण चौधरीले बताए । “पहिले मेरो बङ्गुर छ, काटिदिनुपर्यो भनेर किसान आउँथे, हामी मूल्य गर्थ्यौं, अहिले बङ्गुर मालिकले मूल्य तोक्ने गरेका छन् तैपनि पाइँदैन”, उनले भने, “बाहिरबाट ल्याउँदा महँगोमा बिक्री गर्नुपर्ने बाध्यता छ भने पहिलेजस्तो नाफा पनि छैन ।”

कैलालीको भजनीका जयबहादुर बुढाको करिब दुई वर्षअघि अफ्रिकन स्वाइन फिभरले फार्ममा रहेका चार सय ८२ बङ्गुर मरेपछि पुनः व्यवसाय सुरु गर्ने आँट गरेका छैनन् । भजनी नगरपालिका पशु सेवा शाखाले तयार गरेको प्रतिवेदनअनुसार बुढाको मात्र ९५ लाख २० हजार बराबरको क्षति भएको हो ।

थाहा नपाएको रोग बेहोर्नुपरेपछि धेरै व्यवसायीको बङ्गुरपालन चौपट भएको बुढाले बताए । उनले साना व्यवसायीले समेत बङ्गुर पाल्नुस् भनेपछि नाईनाई भन्ने गरेको बताए । फस्टाएको व्यवसाय धरासायी भएपछि यसका बारेमा सरकारले ठोस योजना नबनाएको बुढाले दुखेसो गरेका छन् ।

व्यवसायी बुढालाई केही राहत होला भनेर भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द धनगढीले दुई लाख ७५ हजार बराबरका बङ्गुरका पाठा ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको छ ।

अर्का व्यवसायी जानकी–१ दुर्गौलीका निकेत चौधरीले पनि पुनः व्यवसाय गर्ने आँट गरेका छैनन् । ३५ लाख खर्च गरेर बङ्गुरपालन गरेका चौधरीले चार वर्षदेखि व्यवसाय गर्दै आएका थिए । उनी पनि स्वाइन फिभरको मारमा परेका छन् । चौधरीकोे ७० वटा बङ्गुर अटाउने व्यवस्थित खोर यतिखेर त्यत्तिकै खाली छ । बैंकको ऋण लिएर व्यवसाय गरेका चौधरीले ब्याजसमेत बुझाउन नसकेर बैंककै झमेलामा परेको बताए ।

“स्वाइन फिभरको सङ्क्रमणबाट ४५ वटा बङ्गुर मरे”, चौधरीले भने, “ऋण लिएर बङ्गुर हाल्नुपर्ने हो, फेरि रोग आएपछि डुबिन्छ भन्ने त्रास घरपरिवारमा भएपछि बङ्गुरपालनलाई निरन्तरता दिने आँट गरेको छैन”, व्यवसायी चौधरीले जग्गा खरिद, बङ्गुर खोर र माछापालन गरी रु। दुई करोड लगानी गरेको बताउँछन् ।

“रोगले बङ्गुरपालक किसानका खोर नै खाली गरेपछि किसानले यो पेसा नै छाडेको अवस्था छ”, रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रमका पशु प्राविधिक पुष्पराज भारतीले भने, “किसानले जोखिम मोल्न नसकेर यो व्यवसाय नियमित गर्न सकेका छैनन् ।”

आयोजनाले बङ्गुरपालकलाई फार्म सुधार र ग्रामीणस्तरमा जीविकोपार्जनमा सघाउन समूहमार्फत पनि बङ्गुरपालनमा लगानी गरेको पनि भारतीले बताए । कैलाली मासुमा आत्मनिर्भर जिल्लाका रूपमा चिनिन्छ ।

कैलालीबाट खसीबोका, राँगा र बङ्गुर काठमाडौँसम्म निर्यात गरिन्थ्यो । अहिले बङ्गुरको निर्यात राकिएको व्यवसायीको भनाइ छ । सिँचाइ आयोजनाले टीकापुरका किसानलाई मासु भण्डारण र निर्यातमा सघाएको छ । बङ्गुर प्रजातिमा देखापर्ने यो रोग केही वर्ष पहिला अमेरिका र त्यसपछि चीनमा देखापरेको थियो । यसरी बङ्गुर मरेका कैलालीका किसानले राहत भने पाउन नसकेको गुनासो गर्ने गरेका छन् । रासस

अघिल्लो लेख काभा यु-२० महिला भलिबल : नेपालले सेमिफाइनलमा आज कीर्गिस्तानसँग खेल्दै
अर्को लेख सुदूरपश्चिममा सामाजिक विकासको अवस्था कमजोर
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलारीमा अस्पताल निर्माण अन्तिम चरणमा

२०८१ श्रावण १७, बिहीबार १४:२२ गते
कैलाली

गोदावरीमा टिपरको ठक्करबाट २ बालिका घाइते

२०८१ पुष ५, शुक्रबार १३:४५ गते
कैलाली

गेटा अस्पतालमा उपचार गर्न सुरु

२०८१ भाद्र १, शनिबार ०८:०८ गते
कैलालीसुदूरपश्चिम प्रदेश

धनगढीमा नेपाल फार्मेसी सङ्घ सुदूरपश्चिम प्रदेशले मनायो विश्व फार्मासिष्ट डे

२०८१ आश्विन ९, बुधबार २२:३२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?