काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार कानुनविद्हरूसँग परामर्श गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भए लगत्तै उनले नयाँ सरकार गठनका लागि कानुनविद्सँग परामर्श लिन थालेका हुन् ।
नयाँ सरकार गठनको संवैधानिक व्यवस्थाका विषयमा राष्ट्रपति पौडेलले संविधान तथा कानुनविद्सँग परामर्श गरेका हुन् ।
राष्ट्रपति पौडेलले कानुनविद् पूर्णमान शाक्य, विपिन अधिकारी, गोपालकृष्ण घिमिरे, हरिहर दाहाल, शेरबहादुर केसी, टीकाराम भट्टराई, चन्द्रकान्त ज्ञवाली, सिताराम केसीसँग छलफल गरेको उनको निजी सचिवालयले जनाएको छ।




