धनगढी – धनगढीको सञ्जीवनी अस्पतालमा निसन्तानपन रहेका दम्पतिहरूलाई थप उपचार गर्न डा. उसा कार्की आउने भएकी छन् ।
लामो समयदेखि निसन्तान दम्पतिको उपचार गर्दे आएको सञ्जीवनी अस्पतालले धनगढीमै थप सेवा दिने उद्देश्यले सो कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।
उक्त दिन लामो समयदेखि सन्तानको रहर भएका र निसन्तानपन भएका महिलाहरुको उपचार गरिने अस्पताल स्रोतले जनाएको छ ।
निसन्तान दम्पतिको थप उपचारको लागी सञ्जीवनी अस्पतालमा सेवाका गर्नको लागि नेसनल आईभीएफ काठमाडौँका आईभीएफ एक्सपोर्ट डक्टर उषा कार्की धनगढी आउने भएकी हुन्
डक्टर कार्की धनगढीको सञ्जीवनी अस्पतालमा असार २२ गते शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म धनगढीमा रहने अस्पताल स्रोतले जनाएको छ। उक्त सेवा लिन चाहानेले सञ्जीवनी अस्पताल राष्ट्र बैंक चोकमा बुुझ्न अस्पतालले जनाएको छ ।





