
बार्बाडोस । नवौँ संस्करणको आइसिसी टी-२० विश्वकप २०२४ को उपाधि भारतले जितेको छ ।
बार्बाडोसमा शनिबार राति भएको रोमाञ्चक फाइनल खेलमा दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारत च्याम्पियन बनेको हो । भारतको यो दोस्रो टी-२० विश्वकप उपाधि हो । यसअघि भारतले सन् २००७ को पहिलो संस्करण जितेको थियो ।
जितका लागि भारतले दिएको एक सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीका निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ६९ रनमा समेटिएको थियो ।




