यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नागरिक नायककको विद्यालय: १७ औँ वर्ष पनि शतप्रतिशत
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नागरिक नायककको विद्यालय: १७ औँ वर्ष पनि शतप्रतिशत
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
गृह

नागरिक नायककको विद्यालय: १७ औँ वर्ष पनि शतप्रतिशत

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ असार १४, शुक्रबार १५:५० गते
SudarshanTelevision
7 मिनेटको
सेयर गर्नुहोस्

[ad_1]

विद्यालय शिक्षाको फलामे ढोका मानिने एसइई परीक्षाको नतिजा यो वर्ष नराम्ररी खस्कियो। आधाभन्दा धेरै विद्यार्थी त अनुत्तीर्ण नै भए। यसरी नतिजा खस्कनुमा यस वर्ष अपनाइएको अक्षरांकन पद्धतिलाई दोष लगाइएको छ।

यो त बाहाना मात्रै रहेछ ! पढाइ नै अब्बल भएपछि उत्कृष्ट नतिजा ल्याउन कुनै पनि पद्धतिले नछेक्ने रहेछ। यसको उदाहरण बनेको छ, दुर्गम हिमाली गाउँ हेलम्बुको मेलम्चीघ्याङ मावि। सधैँ झैँ विद्यालयले यो वर्ष पनि शतप्रतिशत नतिजा ल्याउन सफल भएको छ। मेलम्चीघ्याङका  १५ विद्यार्थी ‘ए’ प्लस र १२ ‘ए’ सिजिपिएससहित एसइई उत्तीर्ण भएका छन्।

मेलम्चीघ्याङले एसएलसीसहित एसइई परीक्षामा सहभागिता जनाउन थालेको १७ वर्ष भयो। उसले शतप्रतिशत नतिजा ल्याएको पनि यो १७ औँ नै पटक हो।

‘१७ वर्षदेखि लगातार शतप्रतिशत नतिजा ल्याउन सफल भएको छौँ,’ पूर्वप्रधानाध्यापक रहेका विद्यालयका शिक्षक पूर्ण गौतमले नतिजापछि नागरिक न्युजसँग टेलिफोनमा भने।

हिउँमा कठ्याङ्ग्रिँदै, बादलभित्र लुकेर पढेकी विदुषा नेपाल विद्यालय प्रथम भइन्। उनले ३.९१ सिजिपिएस ल्याइन्। उनी जिल्लाकै इन्द्रावती गाउँपालिकाकी हुन्। सिन्धुलीदेखि पढ्न आएकी थिङरिला तामाङले पनि ‘ए’ प्लस ल्याइन्।

परीक्षा दिएका २७ मध्ये १५ छात्रा हुन्। ‘जिल्ला टप गर्न भने यो पटक चुक्यौँ,’ आफ्नो अवकाशपछि शैक्षिक अवस्था खस्किनँ नदिन प्रधानाध्यापकमा टीका लिम्बुलाई जिम्मेवारी दिएर नेतृत्व सिकाइरहेका गौतमले थकथकाउँदै भने। एसइईमा सहभागिता जनाएयता मेलम्चीघ्याङका विद्यार्थीले धेरैपल्ट जिल्ला प्रथम भएका छन्।

सुगम र सहरका सुविधा सम्पन्न निजी विद्यालयकै नजिता सधैँ एकनासको हुँदैन। नतिजामा उतारचढाव भइरहन्छ। सामुदायिक विद्यालयको त झन् के कुरा गर्नु ! सरकारी विद्यालयमा अध्यापन गरेर निजीमा केटाकेटी पढाउने शिक्षक र सामुदायिक विद्यालयलाई अविश्वास मात्रै गर्ने अभिभावकलाई चुनौती दिँदै मेलम्चीघ्याङले भने लगातार शानदार नतिजा पस्किरहेको छ।

‘गुम्बाको गाउँ’, ‘स्याउको सहर’ शेर्पा समुदायको बसोबास र ह्योल्मो संस्कृतिले हेलम्बु जति सुन्दर र चर्चित छ, त्योभन्दा बढी भौगोलिक विकटता, दुःख र अभावले उति कहाली लाग्दो पनि। तर आश्चार्य यो छ, यहाँ पढ्ने विद्यार्थीले ‘ए’ प्लस कि ‘ए’ टप्काउँछन्।

यसअघि अंक मूल्यांकन पद्धतिमा विद्यालयले नौ पटक एसएलसी दिँदा अनुत्तीर्ण त के एकै जना विद्यार्थीले पनि दोस्रो श्रेणी चित्तमा बुझाउनु परेन। विद्यालयले विशिष्ट र प्रथम श्रेणीमा सबै विद्यार्थी उत्तीर्ण गराउँथ्यो।

मेलम्चीघ्याङ पहिलो पटक २०६३ मा एसएलसीमा सहभागी भएको थियो। शिक्षक गौतम एउटा पक्षको कारण मात्र लगातार यो उपलब्धि हासिल नभएको बताउँछन्। उनका अनुसार चुस्त व्यवस्थापन, मेहनती शिक्षक र सहयोगी अभिभावकमा सफलताको राज लुकेको छ। ‘व्यवस्थापन र शिक्षकको मात्रै मेहनत पुग्यो भने पनि सफलता प्राप्त गर्न सकिन्छ,’ उनको अनुभव छ।

विद्यार्थीसँग घुलमिल गरी छोराछोरीलाई जत्तिकै रिझाएर पठनपाठन गर्दै आएको उल्लेख गर्दै नवनियुक्त प्रधानाध्यापक टिका लिम्बु गौतमको भनाइमा सहमति जनाउँदै सुनाउँछन्, ‘शैक्षिक वातावरण बनाइदिएपछि विद्यार्थी आफैँले मेहनत गर्दा रहेछन्।’

हेलम्बुको एक गाउँबाट–अर्को गाउँ पुग्न एक दिन बढी पैदल हिंड्नु पर्छ। राजधानी लैजान तयारी गरिएको मेलम्ची खोलाको पारिपट्टी माथिल्लो भागको कुनामा एउटा मात्र सय घरधुरीको गाउँ छ, मेलम्चीघ्याङ।

मेलम्चीघ्याङलाई धुले सडक ट्रयाकले जोडेको छ। हिउँदमा जसोतसो गाउँसम्म मोटर पुग्छ। बर्खाको चार महिना मोटर चल्दैन, बरु हिँड्ने बाटाघाटा नै हराउँछन्। दैनिक उपभोग्य लगायत सामग्री मेलम्ची वा तिम्बु बजारदेखि बोकाएर गाउँ पुर्‍याउनु पर्छ। विद्यार्थी आलु खाएर पढ्छन्।

विद्यालयका शिक्षक पूर्वतयारी नगरी कक्षामा नछिर्ने बताउँछन्। उनीहरुका अनुसार वार्षिक पाठयोजना अनुरुप एकाइ र पाठ योजना बनाएर मात्र शिक्षक पढाउँछन्।

‘हातमा पाठ र इकाइ योजना कहिल्यै टुट्दैन,’ उनीहरु सुनाउँछन्। २०७२ वैशाख १२ गतेको भूकम्पले विद्यालय भवन ढल्यो। विद्यालय केही वर्ष टहरोमा चल्यो। त्यो बेला पनि मेलम्चीघ्याङको नतिजा खस्किएन। अहिले भौतिक संरचनाले मेलम्चीघ्याङ अत्याधुनिकए भएको छ।

विद्यालयले २०५२ बाट प्राथमिक तहदेखि नै अंग्रेजी माध्यममा पढाउँदै आएको छ। विद्यालयमा कक्षा एकमुनि केजी र नर्सरी तह सञ्चालनमा छन्। विद्यालयमा दैनिक पूरा सात घण्टा पढाइ हुन्छ भने वर्षमा कम्तीमा दुई सय ३० दिन। आवासीय यो विद्यालयमा बर्सेनि मुलुकका एक दर्जन जिल्लाका विद्यार्थीले अध्ययन गर्दै आएका छन्।

हाल खोटाङ, ओखलढुंगा, मोरङ, सोलुखुम्बु, स्याङ्जा, धनुषा, महोत्तरी, सप्तरी, सर्लाही, दोलखा, नुवाकोट लगायत जिल्लाकासहित ३ सय २० विद्यार्थी विद्यालयको होस्टेलमा बसेर बढिरहेका छन्।

ह्योल्मो संस्कृति, रहनसहन र भाषासमेत सिकाइने विद्यालयको वातावरण पढूँ–पढूँ लाग्ने खालको छ। कक्षा एक–पाँचसम्म ऐच्छिक विषयको रुपमा तिब्बती भाषा पढाइन्छ। साढे तीन दशकअघि सुन्दर हेलम्बु घुम्न निस्किएका गौतमले नै एउटा घरको बरण्डाबाट यो विद्यालय सञ्चालनमा ल्याएका थिए।

सामुदायिक विद्यालयको गुणस्तर सुधार्न योगदान गरेका उनै गौतम नेपाल रिपब्लिक मिडियाको ११ औँ वार्षिकोत्सवको अवसरमा गत वैशाखमा नागरिक नायक घोषित भएका थिए।

गौतम दुई वर्षपछि अनिवार्य अवकाशमा जाँदै छन्। त्यही भएर नेतृत्व सीप हस्तान्तरण गर्न उनले लिम्बुलाई प्रधानाध्यापकको जिम्मेवारी सुम्पिएका हुन्। लिम्बुको सहायक बनेर गौतम उनलाई सिकाइ रहेका छन्। ‘म गएपछि पनि विद्यालयको शैक्षिक अवस्था खस्कनु भएन नि !’ कारण खुलाउँदै उनले भने।

प्रकाशित: १३ असार २०८१ १९:३८ बिहीबार



[ad_2]

Source link

अघिल्लो लेख यसरी हेर्नुहोस् एसईईको नतिजा | Nagarik News
अर्को लेख इङ्ग्ल्यान्डलाई ६८ रनले हराउँदै भारत विश्वकपको फाइनलमा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरगृहप्रदेशराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

कञ्चनपुरमा किसानलाई अनुदानमा ‘मिनीटिलर’ वितरण

२०८१ असार २१, शुक्रबार ११:१० गते
कञ्चनपुरगृह

कञ्चनपुरको दोदा नदीमा जलसतह सतर्कता तह पार

२०८१ श्रावण १६, बुधबार १८:३२ गते

सुर्खेतमा पहिरोले पुरिंदा बालकको मृत्यु

२०८१ असार १७, सोमबार १०:३५ गते
गृहसमाचार

गेटामै पहिलोपटक विश्वविद्यालय सभा बस्दै,एमबिबिएस अध्यापन सुनिश्चित गर्न माग

२०८२ चैत्र २३, सोमबार ११:१४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?