यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८२ चैत्र २७ शुक्रबार
2026, Apr 10, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढी उपमहानगरले निजी विद्यालयलाई भन्यो ‘पाठ्यपुस्तक परिवर्तन नगर्नू’
सेयर गर्नुहोस्
Sudarshan Television
२०८२ चैत्र २७ शुक्रबार
2026, Apr 10, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढी उपमहानगरले निजी विद्यालयलाई भन्यो ‘पाठ्यपुस्तक परिवर्तन नगर्नू’
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीप्रदेशसमाचार

धनगढी उपमहानगरले निजी विद्यालयलाई भन्यो ‘पाठ्यपुस्तक परिवर्तन नगर्नू’

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ चैत्र ९, सोमबार १४:१० गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

धनगढीःधनगढी उपमहानगरपालिकाले २०८० मा निजी विद्यालयले आफूखुसी हरेक वर्ष फरकफरक प्रकाशनको पाठ्यपुस्तक बदल्न नपाउने निर्णय गरेको थियो।

संस्थागत विद्यालयले एउटा शैक्षिक सत्रमा लागु गरेको एउटा प्रकाशनको पाठ्यपुस्तक कम्तिमा पाँच शैक्षिक सत्रसम्म परिवर्तन गर्न नपाइने निर्णय गरेको हो।

उपमहानगरको २०८० को निर्णयअनुसार धनगढीका संस्थागत विद्यालयहरूले २०८४ सम्म कुनै पनि विषयको पाठ्यपुस्तक परिवर्तन गर्न पाउदैनन्। तर केही विद्यालयहरूले भने पालिकाको निर्णय लत्याउँदै पब्लिकेशन परिवर्तन गर्न थालेको गुनासो गरिएको छ। विद्यालयहरूले पब्लिकेशनबाट मोटो रकम लिएर नयाँ पब्लिकेशनको पाठ्यपुस्तक लागु गर्ने समझदारी गरेको गुनासो गरिएको छ।

सुदूरपश्चिममै सबैभन्दा बढी संस्थागतरनिजी विद्यालय रहेको धनगढीमा पब्लिकेशनहरूबिच नै विद्यालयहरूमा आफ्नो पाठ्यपुस्तक लागु गर्न अस्वस्थ प्रतिस्पर्धा हुने गरेको छ। पब्लिकेशनहरूले विद्यालय सञ्चालकहरूलाई आर्थिक प्रलोभनमा पारेर आफ्ना पुस्तक लगाउने गरेका छन्। विद्यार्थीलाई एक रुपैयाँ छुट नदिएर पुस्तक बिक्री गर्दै आएका पब्लिकेशनहरूले विद्यालयहरूलाई पनि ल्यापटप, फर्निचर, एसी लगायतका सामग्री उपहार दिने गरेका छन् भने केही विद्यालयहरूलाई मोटो रकम नगदै सहयोग गर्दै आएका छन्।

यसरी पब्लिकेशन र विद्यालय सञ्चालकहरूको स्वार्थका कारण अभिभावकरुले हरेक वर्ष चर्को मूल्यमा पाठ्यपुस्तक खरिद गर्नुपर्ने बाध्यता हटाउन उपमहानगरपालिकाले २०८० मै पाँच वर्षसम्म पब्लिकेशन परिवर्तन गर्न नपाउने निर्णय गरेको नगर प्रमुख गोपाल हमालले बताए। उनले निजी विद्यालयहरूलाई पब्लिकेशन परिवर्नत नगर्न आग्रह गरेका छन्।

‘हामीले ३०८० मै पाँच वर्षसम्म पब्लिकेशन परिवर्तन गर्न नपाउने निर्णय गरेका छौँ, उक्त निर्णय विपरीत यो वर्ष धेरैजसो विद्यालयहरूले पाठ्यपुस्तक बदल्न लागेको भन्ने गुनासो प्राप्त भएको छ,’ उनले भने, ‘पालिकाले गरेको निर्णय विपरीत पब्लिकेशन परिवर्तन गरेर अभिभावकलाई भार पार्ने काम गरिए नियमअनुसार कारबाही हुन्छ। हामी यो कुराको कडाइकासाथ अनुगमन गर्छौँ।’

धनगढी उपमहानगरको नगर शिक्षा समितिले पाँच शैक्षिक सत्रसम्म एउटै प्रकाशनको पाठ्यपुस्तक लागु गर्नुपर्ने निर्णय गरेको छ। २०७९ चैत १४ गते नगर शिक्षा समितिको २०८० देखि लागु हुने गरी पाँच शैक्षिक सत्रसम्म प्रकाशन परिवर्तन गर्न नपाउने निर्णय गरेको हो।

नगर शिक्षा ऐन, २०७४ को दफा ८ को उपदफा ९४० अनुसार ५ शैक्षिक सत्रसम्म पाठ्यपुस्तक परिवर्तन गर्न रोक लगाइएको उपमहानरपालिकाले जनाएको छ।

निजी तथा संस्थागत विद्यालयले हरेक वर्ष नयाँ नयाँ प्रकाशनको पाठ्यपुस्तक लगाउँदा अभिभावक मर्कामा पर्दै आएको भन्दै पाँच वर्षसम्म प्रकाशन परिवर्तन गर्न नपाउने निर्णय गरिएको हो। अघिल्लो वर्ष पढेको पुस्तक यो वर्ष काम नलाग्ने हुँदा अभिभावकले हरेक वर्ष नयाँ पुस्तक किन्न रकम खर्च गर्नुपर्ने गुनासो गर्दै आएका थिए।

यस्तै,नयाँ प्रकाशनको पाठ्यपुस्तक लागू गर्न विद्यालय सञ्चालक र प्रकाशनबीच लेनदेन हुने गरेको अभिभावकको गुनासो रहदै आएको छ।

यता विद्यालय सञ्चालकहरूले भने पाठ्यपुस्तक परिवर्तन गर्ने प्रयाप्त कारण हुनुपर्ने बताएका छन्। पाठ्यपुस्तक नै समयसापेक्ष परिमार्जन नभएको अवस्थामा मात्रै प्रकाशन परिवर्तन गर्न पाउने व्यवस्था हुनुपर्ने बताएका छन्।

पाठ्यक्रम र निजी विद्यालयका पाठ्यपुस्तको गुणस्तर नियन्त्रण गर्न पाठ्यक्रम विकास केन्द्रले भूमिका खेल्नुपर्ने उनीहरूको तर्क छ। यस्तै स्थानीय तहले पनि कारण हेरेर पाठ्यपुस्तक परिवर्तका विषयमा लचिलो हुनुपर्ने विद्यालय सञ्चालकहरुको भनाइ छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख पीएम कपमा आज पहिलो खेल खेल्दै सुदूरपश्चिम
अर्को लेख इन्धन र ऊर्जा बचत गर्दै श्रीलंका, फिलिपिन्समा संकटकाल
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीमा तथ्याङ्क समन्वय कार्यालय स्थापना

२०८१ श्रावण १, मंगलवार १८:४४ गते
कैलालीडोटी

धनगढीबाट छुटेको बस डोटीमा दुर्घटना

२०८१ श्रावण ३२, शुक्रबार ०६:३५ गते
अन्तर्राष्ट्रियसमाचार

कोलम्बियामा यात्रुवाहक  विमान दुर्घटना हुँदा १५ जनाको ज्यान गयो

२०८२ माघ १५, बिहीबार १३:२७ गते
अर्थ-वाणिज्य

सुनको भाउमा नयाँ कीर्तिमान, दशैँ बिदापछि बढेको बढ्यै

२०८१ कार्तिक ६, मंगलवार १३:१५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?