यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विश्व अन्तरधार्मिक सद्भाव सप्ताह’को अवसरमा विशेष वेबिनार हुने, विभिन्न देशका विज्ञ सहभागी हुँदै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विश्व अन्तरधार्मिक सद्भाव सप्ताह’को अवसरमा विशेष वेबिनार हुने, विभिन्न देशका विज्ञ सहभागी हुँदै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

विश्व अन्तरधार्मिक सद्भाव सप्ताह’को अवसरमा विशेष वेबिनार हुने, विभिन्न देशका विज्ञ सहभागी हुँदै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ माघ २१, बुधबार १५:५० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी: संयुक्त राष्ट्र संघ (UN) को आह्वानमा हरेक वर्ष फेब्रुअरीको पहिलो हप्ता मनाइने ‘विश्व अन्तरधार्मिक सद्भाव सप्ताहको अवसर पारेर ‘गीता फोर लाइफ’ अभियानले एक अन्तर्राष्ट्रिय वेबिनार आयोजना गर्ने भएको छ।

विश्व शान्ति, कल्याण र विभिन्न धर्म एवं आध्यात्मिक दर्शनहरूबीच सहकार्य बढाउने उद्देश्यले ‘गीताका शिक्षाहरू: अन्तरधार्मिक विश्वास र अभ्यासका लागि मार्गनिर्देशन’ विषयक वेबिनार आयोजना गर्न लागिएको हो।

विज्ञहरूको व्यापक सहभागिता

वेबिनारमा नेपाल लगायत विभिन्न मुलुकका प्राज्ञिक तथा आध्यात्मिक व्यक्तित्वहरूको सहभागिता रहनेछ। कार्यक्रममा नेपालका प्रतिष्ठित शैक्षिक दार्शनिक प्रा. डा. विद्यानाथ कोइराला र सांस्कृतिक विज्ञ प्रा. डा. मोहन राज पौडेलले मुख्य वक्ताका रूपमा धारणा राख्नेछन्।

त्यस्तै, नर्वेस्थित नर्वेजियन युनिभर्सिटी अफ लाइफ साइन्सका प्रा. डा. विशाल सिटौला, अमेरिकाका वरिष्ठ वैज्ञानिक डा. विष्णु जोशी, बंगलादेशका प्राध्यापक प्रशान्त कुमार शिल र इन्डोनेसियाका डा. आइ मादे सुपार्ताले गीताको दर्शन र अन्तरधार्मिक सद्भावबारे आफ्ना प्रस्तुति दिनेछन्।

कहिले र कसरी सहभागी हुने?

गीता फोर लाइफका अन्तर्राष्ट्रिय अध्यक्ष केदार बस्नेतको अध्यक्षतामा हुने उक्त कार्यक्रमको सहजीकरण संस्थापक संयोजक डा. हरिचन्द्र कमालीले गर्नेछन्।

आयोजकका अनुसार वेबिनार आगामी ७ फेब्रुअरी २०२६ मा नेपाली समय अनुसार बेलुका ८ बजेदेखि सुरु हुनेछ।

इच्छुक सहभागीहरूले जुम आईडी (Zoom ID): 85627971924 र पासवर्ड (Password): 684409 मार्फत सिधै कार्यक्रममा जोडिन सक्नेछन्।

“गीता ज्ञान, जीवन विज्ञान” भन्ने नाराका साथ सञ्चालित यो अभियानले आध्यात्मिक चेतनामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य राखेको छ। आयोजकले विश्वभर छरिएर रहेका शान्ति र आध्यात्मिक चिन्तकहरूलाई यस संवादमा सहभागी हुन आह्वान गरेको छ।

ट्याग गरिएको:#featured
अघिल्लो लेख निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान छः प्रधानमन्त्री कार्की
अर्को लेख ‘प्रेसिडेन्सियल ग्राजुएट स्कुल टीकापुर करियर फेस्ट–०.२’ सम्पन्न
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्य

सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्यो

२०८१ माघ १३, आईतवार १३:२९ गते
राजनीतिसमाचार

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

२०८२ कार्तिक ९, आईतवार १५:५९ गते
गृहराजनीतिराष्ट्रिय

प्रधानमन्त्रीमा ओलीको दाबी पेस

२०८१ असार २८, शुक्रबार २२:३५ गते
राष्ट्रिय

निर्मला पन्तको बलात्कार घटनाका प्रत्यक्षदर्शी बताउने नवराजमाथि सीआईबीले गर्‍यो सोधपुछ

२०८१ कार्तिक २८, बुधबार १५:२० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?