यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपालीले अमेरिका जान साढे २१ लाखसम्म धरौटी राख्नुपर्ने, ३ वटा एयरपोर्टबाट मात्र प्रवेश पाउने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपालीले अमेरिका जान साढे २१ लाखसम्म धरौटी राख्नुपर्ने, ३ वटा एयरपोर्टबाट मात्र प्रवेश पाउने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियसमाचार

नेपालीले अमेरिका जान साढे २१ लाखसम्म धरौटी राख्नुपर्ने, ३ वटा एयरपोर्टबाट मात्र प्रवेश पाउने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ पुष २३, बुधबार १४:०५ गते
SudarshanTelevision
5 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी ।अमेरिकाको विदेश मन्त्रालयले अमेरिका प्रवेश गर्नुअघि धरौटी तिर्नुपर्ने देशहरूको सूचीमा नेपालसहित सातवटालाई थपेको छ ।

आगामी जनवरी २१ देखि नेपालीहरूले अमेरिकाको भिसा निवेदनसँगै ५ देखि १५ हजार डलर (७ लाख २२ हजारदेखि २१ लाख ६६ हजार १९३ नेपाली रुपैयाँ) सम्म शुल्क तिर्नुपर्ने भएको हो । विदेश मन्त्रालयको वेबसाइटमा यसको उल्लेख गरिएको छ ।

विदेशी नागरिकको भिसा अन्तर्वार्ताका क्रममा कन्सुलर अधिकारीले धरौटीको रकम तय गर्नेछन् । धरौटी भुक्तानी गर्नका लागि यात्रीहरूले निर्देशन पाएपछि मात्र फारम आई–३५२ भर्नुपर्नेछ र त्यसपछि पे डट् गोभमा अनलाइनमार्फत भुक्तानी गर्नुपर्नेछ ।

यो आवश्यकता पूरा गर्दैमा बी–१/बी–२ भिसा स्वीकृत भएको मानिने छैन र कन्सुलरको निर्देशनबिना जम्मा गरिएको रकम फिर्ता हुने छैन ।

यी शुल्कहरू अमेरिकाको विदेश मन्त्रालयको भिसा बोन्ड पाइलट प्रोग्रामका हिस्सा हुन् । यो ५ अगस्ट २०२६ सम्मका लागि लागू गरिएको अस्थायी पहल हो ।

भिसाको अवधिभन्दा बढी अमेरिकामा बस्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने उपायको रूपमा यसलाई ल्याइएको हो ।

आफ्नो भिसाको शर्त उल्लंघन नगर्ने बी–१/बी–२ यात्रीहरूले अमेरिकाबाट आफ्नो देश फर्केपछि सो रकम फिर्ता पाउनेछन् ।

धरौटी तिर्नेहरूका लागि अतिरिक्त यात्रा प्रतिबन्धहरू पनि लागू हुनेछन् ।

भिसा प्राप्त गरिसकेपछि यात्रीहरूले बोस्टन लोगान, जोन एफ केनेडी र वाशिङटन डलेस अन्तर्राष्ट्रिय विमानस्थलहरूबाट मात्र अमेरिका प्रवेश गर्न पाउनेछन् ।

अमेरिकाको विदेश मन्त्रालयको सूचना अनुसार, अन्य स्थानबाट आगमन भएमा प्रवेशमा रोक लगाइने वा प्रस्थानको रेकर्ड गलत तरिकाले राखिने हुन सक्छ ।

नेपाल सहितका देशका यात्रीहरूले धरौटी तिर्नुपर्ने कुराको पूर्वानुमान गर्नुपर्ने र आफ्नो भिसाका शर्तहरूबारे जानकारी राख्नुपर्ने आप्रवास वकिलहरू बताउँछन् ।

उनीहरूका अनुसार, आफ्नो आगमन र प्रस्थानको मितिमा ध्यान दिनुपर्छ। अमेरिका छोड्नका लागि अन्तिम दिनसम्म पर्खनुहुँदैन किनकि उडानमा हुने कुनै पनि ढिलाइ वा रद्दले बसाइ अवधि लम्बिन सक्छ । त्यसपछि तपाईंको धरौटी रकम जोखिममा पर्न सक्छ I 

नेपालसहित यी देशहरूले भिसाका लागि अतिरिक्त शुल्क अर्थात धरौटी तिर्नुपर्ने छ।

अल्जेरिया, अंगोला, एन्टिगा एन्ड बार्बुडा, बंगलादेश, बेनिन, भुटान, बोत्स्वाना, बुरुन्डी, काबो भेर्दे, आइभरी कोस्ट, क्युबा, जिबुटी, डोमिनिका, फिजी, गाबोन, द गाम्बिया, गिनी, गिनी बिसाउ, किर्गिजस्तान, मलावी, मौरिटानिया, नामिबिया, नाइजेरिया, साओ टोम एन्ड प्रिन्सिपे, सेनेगल, ताजिकिस्तान, तान्जानिया, टोगो, टोंगा, तुर्कमेनिस्तान, टुभालु, युगान्डा, भानुआतु, भेनेजुएला, जाम्बिया र जिम्बाब्वे ।

भिसा धरौटीका शर्तहरू

धरौटी फारम (डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीको फारम आई–३५२ इमिग्रेशन्स बोन्ड) र ट्राभल डट् स्टेट डट् गोभमा तोकिएका छन् ।

यस्तो परिस्थितिहरूमा धरौटी रद्द गरिनेछ र रकम स्वतः फिर्ता गरिनेछः

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले भिसावाहकलाई अमेरिकामा बस्न अनुमति दिइएको अन्तिम मिति वा सोभन्दा अगाडि नै अमेरिकाबाट प्रस्थान गरेको रेकर्ड राखेमा, वा भिसावाहकले भिसाको म्याद समाप्त हुनुभन्दा अगाडि अमेरिकाको यात्रा नगरेमा, वा भिसावाहकले अमेरिकाको प्रवेश विन्दुमा प्रवेशका लागि आवेदन दिँदा प्रवेश अस्वीकार गरिएमा ।

भिसावाहकले भिसा धरौटीका शर्तहरू उल्लंघन गरेको हुन सक्ने मुद्दाहरूलाई डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले यूएस सिटिजनशिप एन्ड इमिग्रेसन सर्भिसेजमा पठाउनेछ ।

शर्तहरूको उल्लंघन भएको हो वा होइन भन्ने कुरा निर्धारण गर्नका लागि यसो गरिन्छ । यसमा निम्न परिस्थितिहरू समावेश छन् तर यी मात्र पर्याप्त भने होइनन्:

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीको रेकर्डले भिसावाहकले अमेरिकामा बस्न अनुमति दिइएको मिति समाप्त भएपछि मात्र अमेरिका छोडेको देखाएमा ।

भिसावाहक अनुमति दिइएको अवधिभन्दा बढी समय अमेरिकामै बसेमा र देश नछोडेमा । भिसावाहकले शरण दाबी गर्ने लगायतका अन्य गैर–आप्रवासी स्थिति परिवर्तन गर्न निवेदन दिएमा ।

अघिल्लो लेख मेची भन्सार कार्यालय : छुर्पीको निर्यात बढेसँगै साढे ४८ करोड बढी कारोबार
अर्को लेख अमेरिका ६६ वटा अन्तर्राष्ट्रिय संस्थाबाट बाहिरियो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

अफगानिस्तानमा सडक दुर्घटना, ४४ जनाको मृत्यु, ७६ घाइते

२०८१ पुष ५, शुक्रबार १३:०५ गते
राष्ट्रियसमाचार

ड्रेस र किताबसहित माइतीघरमा जम्मा हुन थाले जेनजी

२०८२ भाद्र २३, सोमबार १२:०६ गते
राष्ट्रियसमाचार

प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

२०८२ कार्तिक २८, शुक्रबार १३:३३ गते
राष्ट्रिय

किसान सूचीकरणको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवाला निकायसँग छलफल

२०८१ पुष १०, बुधबार ११:४३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?