यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ५ बुधबार
2026, Oct 21, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: टी-२० विश्वकप-बंगलादेशको माग आइसीसीले गर्‍यो अस्वीकार, नेपाललाई यत्तिकै २ प्वाइन्ट आउनसक्ने !
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ५ बुधबार
2026, Oct 21, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: टी-२० विश्वकप-बंगलादेशको माग आइसीसीले गर्‍यो अस्वीकार, नेपाललाई यत्तिकै २ प्वाइन्ट आउनसक्ने !
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुदसमाचार

टी-२० विश्वकप-बंगलादेशको माग आइसीसीले गर्‍यो अस्वीकार, नेपाललाई यत्तिकै २ प्वाइन्ट आउनसक्ने !

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ पुष २३, बुधबार ११:२७ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं । विश्वकप टी-२० अन्तरगतका आफ्ना खेलहरु भारतबाहिर सार्न बंगलादेशले गरेको अनुरोधलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले अस्वीकार गरेको छ ।

मङ्गलबार भएको भर्चुअल वार्तामा आइसीसीले बंगलादेश क्रिकेट बोर्ड (बिसिब) ले राखेको प्रस्ताव आइसीसीले खारेज गरिदिएको हो ।

क्रिकइन्फोका अनुसार सुरक्षा चिन्ताका कारण बङ्गलादेशका खेलहरू भारतबाहिर खेलाउन नसकिने आइसीसीको तर्क छ । आइसीसीले बिसिबीलाई बङ्गलादेशले टी-२० विश्वकप खेल्न भारतमा टीम नपठाएमा अंक गुमाउने चेतावनीसमेत दिएको छ ।

बिसीबीले भने नियामक निकायबाट यस्तो कुनै अल्टिमेटम नआएको दाबी गरेको छ । बीसीसीआई वा बिसिबी दुवैले मङ्गलबारको वार्ताबारे नतिजाबारे कुनै आधिकारिक विज्ञप्ति जारी गरेका छैनन् । यो वार्ता बिसिबीले भारतबाहिर बङ्गलादेशका खेलहरू सार्ने प्रस्तावसहितको पत्र पठाएपछि आइसीसीले आयोजना गरेको थियो ।

२० टीमको यो प्रतियोगिता भारत र श्रीलङ्कामा फेब्रुअरी ७ बाट सुरु हुँदैछ । प्रतियोगिता सुरु हुनु एक महिना अगाडि जटिलता देखा परेको हो। ग्रुप सीमा रहेको बङ्गलादेशले आफ्ना पहिला तीन खेल कोलकातामा खेल्ने तालिका छ। तालीका अनुसार बंगलादेशले फेब्रुअरी ७ मा वेस्ट इन्डिजसँग, फेब्रुअरी ९ मा इटालीसँग र फेब्रुअरी १४ मा इङ्ल्यान्डसँग कोलकातामा तथा अन्तिम ग्रुप खेल नेपालसँग मुम्बईमा फेब्रुअरी १७ मा खेल्नुपर्ने हुन्छ ।

यदि बंगलादेशले भारतमा आएर खेल्न अस्वीकार गरेको खण्डमा उसले समूह चरणका सबै म्याचहरु गुमाउने छ । जसले गर्दा बंगलादेशसँग खेल्नुपर्ने नेपालसहित चारवटै टीमले यत्तिकै २ प्वाइन्ट पाउने छन् । बंगलादेश नखेल्दा, समूह चरणमा नेपालको एउटा प्रतिस्पर्धी कम हुनेछ। तर, नेपालले एउटा टेस्ट राष्ट्रसँग भिडन्तको अवसर गुमाउने छ ।

बंगलादेशले खेलेन भने नेपालका प्रतिस्पर्धीहरुमा ईंग्ल्यान्ड, इटली र वेस्ट इन्डिज रहनेछन् । यीमध्ये इटली नेपालभन्दा कमजोर मानिन्छ । इटलीलाई हराएर वेस्ट इन्डिजविरुद्ध ‘सरप्राइज जित’ निकाल्न सकेमा नेपाल सुपर ८ मा जाने ढोका खुल्न सक्छ । बंगलादेश खेलेको खण्डमा भने पेचिलो प्रतिस्पर्धा हुनेछ ।

बीसीसीआईले बङ्गलादेशी फास्ट बलर मुस्तफिजुर रहमानलाई रिलिज गर्न कोलकाता नाइट राइडर्सलाई निर्देशन दिएपछि बंगलादेश असन्तुष्ट छ । फ्रेन्चाइजीले डिसेम्बरको आईपीएल लिलामीमा मुस्तफिजुरलाई ९.२ करोड भारतीय रुपैयाँमा किनेको थियो । बीसीसीआईको यो निर्णयबारे सचिव देवजित सैकियाले मिडियालाई जानकारी दिएका थिए । तर सैकियाले मुस्तफिजुरलाई रिलिज गर्न भनिएको कारण भने उल्लेख गरेनन् ।

मुस्तफिजुर २०२६ को लिलामीमा विकेका एकमात्र बङ्गलादेशी खेलाडी थिए। बुझिएअनुसार आईपीएल गभर्निङ काउन्सिलले यो स्थितिबारे छलफल गर्न बैठक नै राखेको थिएन । त्यसैले सैकिया बाहेक मुस्तफिजुरको निर्णयमा को-को संलग्न थिए भन्ने प्रश्नहरू बाँकी छन् ।

अघिल्लो लेख सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घट्यो, चाँदीको भाउ अहिलेसम्मकै उच्च
अर्को लेख मेची भन्सार कार्यालय : छुर्पीको निर्यात बढेसँगै साढे ४८ करोड बढी कारोबार
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य
  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
  • नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने

तपाईंलाई मनपर्न सक्छ

समाचारसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा आजदेखि मौसम सुधार हुने

२०८२ आश्विन २२, बुधबार १०:४० गते
अर्थ-वाणिज्यसमाचार

सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँले बढ्यो

२०८२ पुष २२, मंगलवार ११:१८ गते
समाचारसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा भुवा पर्वका अवसरमा भोलि बिदा

२०८२ पुष ३, बिहीबार ११:४९ गते
राष्ट्रियसमाचार

सगरमाथाको पहिलो सफल आरोहण दलका अन्तिम जीवित सदस्य कान्छा शेर्पाको निधन

२०८२ आश्विन ३०, बिहीबार १६:३४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?