यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मध्य पुसको चिसोमा चटाइ र घूरको भर : वीरगञ्ज क्षेत्रका विद्यालयमा थप तीन दिन बिदा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मध्य पुसको चिसोमा चटाइ र घूरको भर : वीरगञ्ज क्षेत्रका विद्यालयमा थप तीन दिन बिदा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

मध्य पुसको चिसोमा चटाइ र घूरको भर : वीरगञ्ज क्षेत्रका विद्यालयमा थप तीन दिन बिदा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ पुष १६, बुधबार १०:४० गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको चिसोले तराई/मधेशको जनजीवन प्रभावित बनेको छ ।

विशेषगरी विपन्न तथा गरिब घरपरिवारलाई घूर तापेर मध्य पुसको चिसो कटाउनुपर्ने बाध्यता छ । पुस लागेयता चिसो बढ्न थालेको हो ।

महोत्तरी, सिरहा, सप्तरी, रौतहट, बारा, पर्सालगायत मधेसका धेरैजसो जिल्लामा ‘घूर’ मा चारैतिर बसेर तातो ताप्नुपर्ने बाध्यता छ । महोत्तरीको लोहारपट्टी–४ लेउरीटोल मुसहरी बस्तीकी ५० वर्षीया श्रीवती सदा घूर तापेर जाडो काट्नु नियती रहेको बताउन्छी । उनी भन्छीन, ‘दाउरासम्म पाए पनि रापिलो आगो त ताप्न पाइन्थ्यो ।’ मुसहर, बाँतर, डोम, मेस्तर, हलखोर, दुसाध र चमारसहितका जाति समुदायमा कुपोषणको समेत समस्या छ ।

त्यससँगै जाडो लागेपछि यी बस्तीका बासिन्दाको बिचल्ली नै हुन्छ । अन्न, ओढ्ने/ओछ्याउने र जिउ ढाक्ने न्यानो लुगाको अभाव छ । गुजुमुज्ज पराले छानाका यी बस्तीमा जाडो छल्ने ‘घूर’ र ओढ्न/ओछ्याउन चटाइ (परालको लुइँठो बटारेर बनाइएको मोटो गुन्द्री, स्थानीय भाषामा यसलाई गोनर पनि भनिन्छ) को भर पर्नुपर्छ । ‘भुइँमा पराल ओछ्यायो, माथि चटाइ ओढ्यो’, एकडारा–३ भटौलियाको मुसहर बस्तीका छठु सदा भन्नुहुन्छ, ‘राति जाडोले निद्रा नलाग्दा फेरि उही ‘घूर’ को सहारा लिन्छौ ।’

दिउँसोमा पारिलो घाम नलागेको दुई हप्ता भैसकेको छ । राम्ररी घाम नलागेपछि ती बस्तीका बासिन्दालाई सास्ती थपिएको छ । यसैबीच पर्साको वीरगञ्ज महानगरले तेस्रोपटक तीन दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । दुई हप्तायता महानगर आसपासमा लगातार चिसो बढेसँगै महानगरले आजदेखि पर्सि १८ गतेसम्म तीन दिन थप बिदा दिने निर्णय गरेको हो ।

यसअघि महानगरले दुईपटक गरेर पाँच दिन जाडो बिदा दिइसकेको छ । वीरगञ्ज महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेका अनुसार चिसोका कारण बालबालिकाको स्वास्थ्यमा हुनसक्ने असरलाई ध्यानमा राखेर बर्खे बिदाबाट कट्टा हुनेगरी सामुदायिक र संस्थागत विद्यालयमा बिदा थप गरिएको हो । १९ गते शनिवार परेकाले पुस २० गतेदेखि मात्रै विद्यालय खुल्नेछन् । रासस

अघिल्लो लेख मेक्सिकोमा रेल दुर्घटना हुँदा कम्तीमा १३ जनाको ज्यान गयो, १०० जना घाइते
अर्को लेख आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यसमाचार

तोलामा एक हजार चार सयले घट्यो सुन

२०८२ बैशाख २६, शुक्रबार ११:३७ गते
अर्थ-वाणिज्य

अमेरिकी डलर र युरोको भाउ बढ्यो

२०८१ कार्तिक २४, शनिबार ०८:१२ गते
कैलालीसमाचार

कैलालीबाट ठुलो मात्रामा लागुऔषधसहित भारतीय नागरिक पक्राउ

२०८२ श्रावण ४, आईतवार ०९:४६ गते
अर्थ-वाणिज्य

सुनको भाउ तोलामा चार सय रुपैयाँले बढ्यो

२०८१ पुष १, सोमबार १०:५३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?