धनगढीः मनसुन बाहिरिए पनि वर्षा भइरहेको सुदूरपश्चिम प्रदेशमा आजदेखि मौसम सुधार हुँदै जाने मौसमविज्ञले बताएका छन्।
पश्चिमी र स्थानीय वायुको प्रभावले सोमवारदेखि यो प्रदेशभरी वर्षा भइरहेको छ। मनसुन बहिर्गमन लगत्तै पोष्ट मनसुनको सक्रियताले पानी परिरहेको जल तथा मौसम विज्ञान विभाग महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका प्रमुख सञ्जयकुमार साहले बताए। उनले बुधवारदेखि मौसम सुधार हुँदै जाने उल्लेख गरे।





