यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: शिक्षक कर्मचारीहरुको पेशागत सुरक्षाको माग गर्दै हिस्टुनद्वारा आन्दोलन घोषणा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: शिक्षक कर्मचारीहरुको पेशागत सुरक्षाको माग गर्दै हिस्टुनद्वारा आन्दोलन घोषणा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

शिक्षक कर्मचारीहरुको पेशागत सुरक्षाको माग गर्दै हिस्टुनद्वारा आन्दोलन घोषणा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार ३०, सोमबार ११:२८ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं – माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले आन्दोलनको कार्यक्रमलाई अगाडि बढाउने भएको छ ।

हिस्टुनले केन्द्रीय कार्यसमितिको विस्तारित बैठकबाट यस्तो निर्णय भएको जनाएको छ । विद्यालय शिक्षामा काम गर्ने अस्थायी प्रकृतिका सबैखाले शिक्षक कर्मचारीहरूसँग समन्वय / सहकार्य गरी पेशागत सुरक्षा र भविष्यको ग्यारेन्टी हुन तत्काल सरकारलाई दबावमूलक आन्दोलनका कार्यक्रमहरू अगाडि बढाउने निर्णय गरेको हो ।

हिस्टुनका अध्यक्ष टिकाप्रसाद न्यौपानेले संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलमा रहेको शिक्षा विधेयक– २०८० संसदमा टेबल हुँदा शिक्षकहरूसँग पूर्ववत सरकारले गरेका सहमतिहरू कार्यान्वयन/ सम्बोधन नभई पेशागत असुरक्षाको अवस्था सिर्जना हुने देखिएमा देशभरबाट उक्त विधेयकलाई खारेज गर्दै केन्द्र लगायत सबै जिल्लाहरूमा विरोधका कार्यक्रमहरू स्वस्फुर्त रुपमा आयोजना गर्ने साथै साविक उच्च मावि तहमा मावि द्वितीय श्रेणीमा रही लामो समयदेखि कार्यरत शिक्षकहरुलाई तृतीय श्रेणीमा घटुवा गरी सीमित प्रतिस्पर्धामा लग्ने लगायतका प्रावधानहरू राखिएमा संगठनले न्यायका लागि अदालतमा मुद्दा दायर गर्ने र सो प्रयोजनका लागि संगठनका केन्द्रीय अध्यक्ष आफूलाई संगठनको तर्फबाट सम्पूर्ण काम गर्न अख्तियारी दिने निर्णय भएको जानकारी गराए ।

वैठकपछि जारी विज्ञप्तिमा यी दुईसहित ६ वटा बुँंदाहरुमा निर्णय भएको आइतबार सार्वजनिक गरिएको छ ।

संघीय संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका बैठकहरूमा समितिका माननीयहरूबाट समेत शिक्षकहरूप्रति अनादर हुने अभिव्यक्तिहरु दिने साथै जनतालाई शिक्षकहरूको आवाज विरुद्ध उठ्न भड्काउने समेत काम हुन थालेकोमा त्यसप्रति खेद व्यक्त गर्दै सिंगो सरकार र सम्पूर्ण सरोकारवालाहरुलाई नेपालको संवैधानिक प्रावधान अनुसार नेपालको विद्यालय शिक्षा (कक्षा १ देखि १२ सम्म) जनताको मौलिक हक साथै निशुल्क भएको तर यस दिशामा राज्य असफल रहेको अवस्थामा विद्यालय शिक्षामा काम गर्न अपुग शिक्षक दरबन्दी (तत्काल ५० हजार भन्दा बढी शिक्षकहरूको नयाँ पद सिर्जना गरिनुपर्ने) कायम गरी नयाँ पुस्तालाई रोजगारी र शिक्षामा अवसर दिलाइनुपर्ने निर्णय छ ।

त्यसका लागि हिस्टुनले यस शैक्षिक वर्षबाट कक्षा ११ र १२ मा देशभर सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थी र तिनका अभिभावकहरुलाई विद्यालयलाई कुनै पनि शुल्क नतिर्न आह्वान गर्दै विभिन्न कार्यक्रम मार्फत दबाब सिर्जना गर्ने कार्यक्रम छ ।

शिक्षकहरूको पेशागत अधिकार र भविष्यका पक्षमा सबै सरोकारवालासम्म लविइङलाई निरन्तरता दिँदै अन्तरक्रिया साथै पत्रकार सम्मेलन लगायतका थप कार्यक्रमहरू सार्वजनिक गर्न र त्यसका लागि आवश्यक सबै काम गर्न कार्यालयलाई जिम्मा दिने निर्णय सार्वजनिक गरिएको हिस्टुनले जानकारी दिएको छ ।

अघिल्लो लेख महिला युरो कप खेल्ने ८ टोलीको टुंगो लाग्यो
अर्को लेख प्रचण्डले प्रतिनिधिसभामा सम्बोधन गर्दा ओली आज पनि नजाने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

दार्चुलासमाचार

दार्चुलामा वन लसुनसहित एक महिला पक्राउ

२०८२ श्रावण २७, मंगलवार १३:५२ गते
राष्ट्रियसमाचार

बारामा आमाछोराको ह*त्या, ३ जना घाइते

२०८२ माघ १४, बुधबार १०:५६ गते
अन्तर्राष्ट्रिय

यूएईमा रहेका नेपाली श्रमिकलाई सचेतना अभियान सञ्चालन

२०८१ फाल्गुन १२, सोमबार १०:१३ गते
राजनीतिराष्ट्रिय

गणेशमानको २७औं स्मृति दिवस मनाइयो

२०८१ आश्विन २, बुधबार ११:२१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?