काठमाण्डौँ :अर्घाखाँचीको शितगंगा नगरपालिका–६ पाखापानीमा दाजुले आफ्नै सहोदर भाइको हत्या गरेका छन् ।
आफ्नो श्रीमतीलाई आँखा लगाएको भन्दै पाखापानीका ४२ वर्षीय विष्णु नामले चिनिने टेकबहादुर वादीले बिहीबार साँझ ३२ वर्षीय कान्छा भाइ ओमबहादुरको बन्चरोले हानेर हत्या गरेका हुन् ।
बञ्चरो प्रहारबाट गम्भीर घाइते भएका ओमबहादुरलाई उपचाराका लागि अस्पताल पठाइएपछि बचाउन नसकिएको वडाध्यक्ष ऋषिबहादुर रेश्मीले बताए । प्रहरीका अनुसाार अविवाहित ओमबहादुर दाजु भाउजूसँगै बस्ने भएकाले उनीहरूको आचरणका विषयमा धेरै पटक विवाद र मिलापत्र हुँदै आएको पाइएको छ ।
इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक दीपक सिंह विष्टले दुवै भाइले मापसे गरेर भएको झगडामा दाजुले भाइलाई बन्चरोले हानेर हत्या गरेको प्रारम्भिक अुसन्धानमा देखिएको जानकारी दिए ।
अभियुक्त घटनापछि भारत भाग्ने तयारीमा थिए । तर, स्थानीयले दिएको सूचनाका आधारमा टेकबहादुरलाई बिहीबार नै पक्राउ गरि घटनाको थप अनुसन्धान अघि बढाइएको इन्स्पेक्टर विष्टले जानकारी दिए । टेकबहादुरका ५ जना छोराछोरी रहेका छन् ।





