काठमाण्डौं – आज सुनको भाउ एक हजार रुपैयाँले बढेको छ ।
सुनको भाउ एक हजार रुपैयाँले बढेर तोलाको एक लाख ८९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ८८ हजार आठ सय रुपैयाँमा कायम भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि सामान्य बढेको छ । चाँदीको भाउ पाँच रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।





