झापा –इलाममा जङ्गली च्याउका तरकारी खाएका तीनै जनाको ज्यान गएको छ ।
माङसेबुङ गाउँपालिका–५ का ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनिषा लिम्बू र १७ वर्षीया नुमा लावतीको ज्यान गएको हो ।
झापाको बिर्तामोडमा रहेको बीएनसी अस्पतालका सूचना अधिकारी डा। अनुपम घिमिरेका अनुसार ६ दिनअघि चिया बगानमा उम्रिएको च्याउ खाएका उनीहरू एक्कासी बिरामी परेका थिए । मनिषा र नुमाको विराट नर्सिङ अस्पताल विराटनगर र यसअघि नै ज्यान गएको थियो । लावतीको आज बीएनसी अस्पतालमा ज्यान गएको हो ।





