काठमाण्डौं ।वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
कागेश्वरी मनोहरा नगरपालिका–१६ पेप्सीकोला बस्ने सुनसरी इनरूवा नगरपालिका–७ घर भएका ३२ वर्षीय रमेश कुमार यादवलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
रमेशले दक्षिण कोरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २६ लाख ८० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाण्डौं पेप्सीकोलाबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाण्डौं पठाइएको छ ।





