यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २४ बुधबार
2026, Sep 9, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सरकारमा पहिलो पटक कांग्रेसले एमालेलाई पेल्यो, ओलीको मनोपोलीमा यसरी हावी भए देउवा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २४ बुधबार
2026, Sep 9, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सरकारमा पहिलो पटक कांग्रेसले एमालेलाई पेल्यो, ओलीको मनोपोलीमा यसरी हावी भए देउवा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

सरकारमा पहिलो पटक कांग्रेसले एमालेलाई पेल्यो, ओलीको मनोपोलीमा यसरी हावी भए देउवा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ ७, बुधबार ११:०६ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं–अस्वस्थ्यताका कारण प्रतिनिधि सभामा सांसदहरूका प्रश्नको उत्तर दिने कार्यक्रम स्थगित गरी सरकारी निवास बालुवाटारमा आराम गर्न बसेका प्रधानमन्त्री केपी शर्मा ओलीका लागि मंगलबारको दिन सुखद रहेन।

सत्ता सहयात्री तथा सदनको ठूलो दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारमा नै भेट्नका लागि भनेपछि ओलीले नाईँ भन्ने अवस्था पनि रहेन।

देउवा बालुवाटार पुगेर लामो समयसम्म प्रधानमन्त्री ओलीसँग वार्तामा रहे। ओलीले नै गभर्नरमा विश्व पौडेल नहुने भनेपछि कांग्रेस–एमालेमा खटपट सुरु भएको थियो। यहि सूचना पाएका माओवादीका नेताले त सरकार ढल्न लागेको बयानबाजी पनि थालिसकेका थिए।

माओवादी उपमहासचिव बर्षमान पुनले मंगलबार नै एउटा कार्यक्रममा भनेका थिए,‘यो सरकारमा कांग्रेस र एमालेको खटपट निक्कै गहिरो बनिसकेको छ। सरकार ढल्न लागेको छ।’

यस्तै देश दौडाहामा लागेका प्रतिपक्षी दलका नेता समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सरकार ढल्ने चर्चा चलाइरहेका बेला देउवा र ओलीको बालुवाटारमा लामो मन्थन चलिरहेको थियो। त्यो मन्थनमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक साक्षी बनेको उच्च स्रोतले जनाएको छ।

‘यहाँसम्मकी गभर्नर विश्व पौडेल नियुक्तिको निर्णय मंगलबार नै नगर्ने हो भने सरकार छाडिदिनेसम्मको चेतावनी देउवाले दिनुभयो, अनि प्रधानमन्त्री ओलीसँग अर्को विकल्प रहेन’, उच्च स्रोतले क्यानडानेपाललाई भन्यो,‘यति मात्र होइन अहिलेसम्म सरकारमा आफू हावी नभएको र प्रधानमन्त्रीको निर्णयको बचाऊ मात्र गरिदिएर गुण लगाएकोसम्मका विषय देउवाले उठाउनुभयो।’

कांग्रेस पार्टीभित्र पनि पदाधिकारी बैठकमा आफूलाई दबाब आएको र कमजोर बनिरहेकोदेखि माओवादीलगायतका दलले निशर्त प्रधानमन्त्रीका लागि अफर गरेको विषय पनि देउवाले ओलीलाई सुनाएका थिए।

‘प्रस्ताव आइरहेका छन्। तपाई सहमतिअनुसार सहकार्य गर्न तयार नरहे हामीसँग विकल्प छ भन्नेसम्मका सारमा कुराकानी भए’, स्रोतले भन्यो,‘यसपछि गभर्नर मात्र होइन नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक (एआईजी) र नायव महानिरिक्षक (डीआईजी) बढुवामा पनि देउवा हावी हुनुभयो।’

ओलीसँग अन्य विकल्प नभएपछि देउवाले भनेअनुसार निर्णय गर्ने भनी मन्त्रिपरिषदको बैठक डाकियो भने वार्तामा सहभागी भएका गभर्नर सिफारिस समितिका अध्यक्ष अर्थमन्त्री पौडेललाई बैठक डाक्न निर्देशन दिइयो। यसपछि सोही वार्तामा रहेका गृहमन्त्री लेखकलाई प्रहरी अधिकारीको बढुवा सूची ल्याउनका लागि पनि निर्देशन भएको बताइन्छ।

सोहीअनुसार मन्त्रिपरिषद बैठकले गभर्नरमा पौडेललाई नियुक्त गर्दै एआईजीमा सिद्धिविक्रम शाहसहित ११ जना डीआईजी बढुवाको निर्णय भएको थियो।

अघिल्लो लेख आज सुन तोलामा ५ हजार रुपैयाँले बढ्यो
अर्को लेख असार १५ भित्र शिक्षा विधेयक टुंग्याउन दबाब
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरसमाचार

कञ्चनपुरमा खैरो हेरोइनसहित ४ जना पक्राउ

२०८२ श्रावण ८, बिहीबार १०:१५ गते
कैलालीखेलकुद

टीम- ११ संस्कारकाे फाईनलमा युथ अफ टीकापुर र नारायणस्पा्र्ट क्लव कञ्चनपुर भिड्ने

२०८२ बैशाख ८, सोमबार २१:०९ गते
अन्तर्राष्ट्रियसमाचार

छत्तीसगढमा २६ माओवादी मारिएको दाबी

२०८२ जेष्ठ ७, बुधबार १४:०४ गते
विचार/ब्लग

ऊ पुरुष हो, त्यसैले ऊ कायर हो

२०८१ माघ ८, मंगलवार १३:०४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?