यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सगरमाथा संवादमा सहभागी नगराएको भन्दै सांसदहरूको आक्रोश, सरकारले बेवास्ता गरेको आरोप
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सगरमाथा संवादमा सहभागी नगराएको भन्दै सांसदहरूको आक्रोश, सरकारले बेवास्ता गरेको आरोप
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

सगरमाथा संवादमा सहभागी नगराएको भन्दै सांसदहरूको आक्रोश, सरकारले बेवास्ता गरेको आरोप

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ ५, सोमबार १२:१३ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं : सगरमाथा संवादमा सम्बन्धित संसदीय समितिका सदस्यहरूलाई उपस्थिति नगराइएको भन्दै सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

सोमवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बोल्दै सांसदहरूले सगरमाथा संवादमा सम्बन्धित समितिका सदस्यहरूलाई नबोलाइएको भन्दै आपत्ति जनाएका हुन्।

समितिका तीन जना सदस्यहरूलाई बोलाइएको जानकारी सभापति कुसुमदेवी थापाले दिएसँगै उनीहरूले सभापति थापाले आफूलाई मनपर्नेलाई बोलाएर संवादमा सहभागी जनाएको बताइन्। समितिको बैठकमा बोल्दै नेकपा एमाले सांसद सरस्वती सुब्बाले एउटा प्रतिनिधि सभाको १० वटा विषयगत समितिमध्ये कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सगरमाथा संवादका लागि हकदार समिति हुँदा पनि किन तीन जना सांसदहरूलाई मात्रै बोलाएको भन्दै आपत्ति जनाइन्। उनले सगरमाथा संवादका लागि अर्को हकदार समिति पूर्वाधार विकास समिति भएपनि त्यहाँबाट समेत सांसदहरू नबोलाइएको गुनासो गरिन्।

समितिको बैठकमा बोल्दै समिति सभापति कुसुमदेवी थापाले सगरमाथा संवादमा पनि वन मन्त्रालयलाई पटक पटक सामेल गराउन आग्रह गर्दा समेत सरकारले चासो नदेखाएको बताइन्। उनले धेरै पटकको आग्रहपछि मात्रै सरकारले समितिबाट तीन जना सहभागी हुनसक्ने जानकारी गराएको बताइन्।

समितिको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले सगरमाथा संवादका क्रममा सभापति थापाले आफूलाई मन परेको व्यक्ति छानेर सहभागी गराएको आरोप लगाइन्। उनले सगरमाथा संवाद आयोजनामा छिमेकी राष्ट्रका उच्च तहका पदाधिकारीहरू सहभागी नहुनुले नेपालको स्तर मापन भएको बताइन्। कामको जिम्मेवारी वहन गर्न नसकेको भन्दै सभापति थापाको राजीनामा माग गरिन्।

समितिको बैठकमा सभापति थापाले रुलिङ गर्न नसकेको र समितिको नेतृत्व गर्न नसकेको आरोप लगाएपछि सभापति थापाले सांसद कठायतसँगै सिक्नुपर्ने टिप्पणी गरिन्। जवाफमा सांसद कठायतले आफूबाट सिक्न आग्रह गरिन्।

समितिको बैठकमा बोल्दै नेकपा एमाले सांसद सम्झना थपलियाले सगरमाथा संवादबारे सांसदहरूसँग छलफल नै नगरी सभापति थापाले निर्णय गरेको भन्दै आपत्ति जनाइन्। उनले सगरमाथा संवादका क्रममा समिति सदस्यहरू छनौट गर्दा कुन प्रक्रिया अपनाइएको हो ? भन्दै प्रश्न गरीन्।

उनले पारदर्शी रुपमा समितिका निर्णयहरू हुनुपर्ने बताइन्। समितिको बैठकमा सांसदहरूले समितिको वार्षिक प्रतिवेदनमाथि असन्तुष्टि जनाए। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले समितको प्रतिवेदनमा सबै आदेश मात्रै रहेको र कामै नलाग्ने भएको बताएपछि एमाले सांसद सुब्बाले काम नलाग्ने भए आगो लगाइदिनुपर्ने बताइन्। जवाफमा सभापति थापाले समितिको वार्षिक प्रतिवेदन समितिका ३९ वटा बैठकको पुँजी भएको र कोही सदस्यहरूलाई मन नपरेको भए जलाउन सक्ने जवाफ दिइन्।

अघिल्लो लेख नेपाल प्रहरीकी असई कुन्जाङ छोपेल पुगिन् सगरमाथाको चुचुरोमा
अर्को लेख यूएईलाई हराउँदै नेपाली महिला टोली टी–२० विश्वकपको ग्लोबल छनोटमा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यसमाचार

सुनको भाउ आज तोलामा १ सय रुपैयाँले बढ्यो

२०८२ भाद्र ३०, सोमबार १२:२१ गते
अन्तर्राष्ट्रिय

अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधी : २० जनाको ज्यान गयो

२०८१ चैत्र ३, आईतवार ११:१० गते
अन्तर्राष्ट्रिय

कोलकाताको बुर्रा बजार क्षेत्रमा एक होटलमा आगलागी : १४ जनाको ज्यान गयो

२०८२ बैशाख १७, बुधबार १२:३४ गते
स्वास्थ्य-शिक्षा

त्रिवि शिक्षण अस्पतालले माग्यो ३२ जना नर्स

२०८१ मंसिर ९, आईतवार ११:५० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?