यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: २९ दिनपछि खुल्यो विद्यालय,रोकिएको भर्ना र पठनपाठन सुरू
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: २९ दिनपछि खुल्यो विद्यालय,रोकिएको भर्ना र पठनपाठन सुरू
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

२९ दिनपछि खुल्यो विद्यालय,रोकिएको भर्ना र पठनपाठन सुरू

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख १८, बिहीबार १३:०७ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं :देशभरका शिक्षक/कर्मचारीहरूले आन्दोलन गरेको २९ दिनपछि सामुदायिक विद्यालय खुलेका छन्।

हिजो राती नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति भएपछि शिक्षकहरू विद्यालयमा फर्किएका हुन्।

शिक्षा विधेयक जारी गर्नुपर्ने माग राख्दै गत चैत २० गतेदेखि काठमाण्डौं केन्द्रित आन्दोलनमा शिक्षकहरू थिए। सरकारले समयमा उनीहरुको माग पूरा नगर्दा र यही आन्दोलनका कारण यस वर्षको नयाँ शैक्षिक सत्रमै असर पुग्यो। भर्ना अभियान पनि प्रभावित बन्यो। पठनपाठन भएन। यसकारण अभिभावक र विद्यार्थीहरू चिन्तित थिए।

तर,अब भने रोकिएको ठाउँमा भर्ना अभियान सुचारु गरे लगत्तै पठनपाठन पनि सुरु हुने छ। हिजो बेलुका सहमति भएलगत्तै आन्दोलनको अगुवाइ गर्दै आएको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले हिजोको दिनबाटै लागू हुने गरी आम शैक्षिक हड्ताल र सडक प्रदर्शन फिर्ता लिएको बताएका छन्।

उनले भने,‘आजबाटै रोकिएको भर्ना अभियान,पठनपाठन र परीक्षा थाल्न सबैमा अनुरोध छ।’ यही सहमतिपछि आज बिहानैदेखि काठमाण्डौंको आन्दोलनमा आएका शिक्षकहरू आ(आफ्नो घर फर्किन थालेका छन्। कोही फर्किर्ने तयारीमा छन्। दैनिक ११ बजेदेखि ३ बजेसम्म तातिएको माइतीघर(नयाँ बानेश्वर सडक क्षेत्र आजदेखि सुनसान बनेको छ।

कक्षा १२ को परीक्षा २१ गतेबाट हुने

यो सहमति भएसँगै कक्षा १२ को परीक्षा पनि वैशाख २१ गतेदेखि सञ्चालन हुने भएको छ। शिक्षक आन्दोलनकै कारण वैशाख ११ गते शुरु हुने कक्षा १२ को परीक्षा रोकिएको थियो। राष्ट्रिय परीक्षा बोर्डले निजामती कर्मचारीहरूकै सहभागितामा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भने पनि सकेन। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले शिक्षकहरूलाई परीक्षामा सहभागी भएर सहयोग गर्न आग्रह गरेका थिए।

तर शिक्षकहरूले बहिष्कार गरे। त्यसपछि कक्षा(१२ को परीक्षा वैशाख २१ गतेबाट सञ्चालन गर्ने परीक्षा बोर्डले निर्णय गरेको थियो। उक्त परीक्षाको लागि बोर्डले परीक्षा तालिका सार्वजनिक गरिसकेको छ। सरकारले सबै परीक्षार्थीहरूलाई परीक्षाको लागि तयारी अवस्थामा रहन पनि आग्रह गरेको छ।

विदाको दिनमा पठाएर शैक्षिक क्षति पुरा गर्छौ : महासंघ

नेपाल शिक्षक महासंघका अध्यक्ष सुवेदीले यो आन्दोलनका कारण भएको शैक्षिक क्षतिलाई पूरा गर्ने बताएका छन्। उनले विदाको दिनमा पढाएर भए पनि शैक्षिक सत्रलाई असर पुर्‍याउन नदिने बताए।

उनले भने,‘जति दिन पढाउने बेला आन्दोलन कार्य गर्‍यौँ,ती शैक्षिक क्षति विदाको दिनमा पढाएर उपयोग गर्छौ,महासंघले औपचारिक रुपमा पत्राचार नै गरेर सबै शिक्षकहरूलाई जानकारी गराउने छ,यो हाम्रो जिम्मा हो।’

अघिल्लो लेख आउँदो जनगणनामा जातजातिको पनि गणना गर्ने भारत सरकारको तयारी
अर्को लेख नेपाली विशिष्ठताको समाजवाद नै श्रमजीवी वर्गको मौलिक पहिचान : प्रचण्ड
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

अर्जुन ट्रफीमा डडेल्धुराले धनगढीलाई ८ विकेटले हरायो

२०८१ माघ १९, शनिबार १८:५४ गते
राष्ट्रियसमाचार

मनसुनजन्य विपद्बाट ज्यान गुमाउनेको सङ्ख्या ६० पुग्यो

२०८२ आश्विन २१, मंगलवार ११:०३ गते
अन्तर्राष्ट्रिय

दुई महिनाअघि ज्यान गुमाएका हिजबुल्लाहका प्रमुख नेताको अन्त्येष्टिको तयारी

२०८१ मंसिर १३, बिहीबार १०:३४ गते
गृहराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

प्राकृतिक विपत्तिमा परी दुई दिनमै १४ जनाको मृत्यु

२०८१ असार २३, आईतवार १३:२५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?