यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ असार २ मंगलवार
2026, Jun 16, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: वार्तामा गृहमन्त्री र शिक्षामन्त्री कड्किएपछि सशंकित छन् शिक्षक !
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ असार २ मंगलवार
2026, Jun 16, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: वार्तामा गृहमन्त्री र शिक्षामन्त्री कड्किएपछि सशंकित छन् शिक्षक !
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

वार्तामा गृहमन्त्री र शिक्षामन्त्री कड्किएपछि सशंकित छन् शिक्षक !

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख १७, बुधबार १२:२० गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं । सिंहदरबारमा मंगलबार राति शिक्षक र सरकारबीच वार्ता भयो ।

वार्तामा सरकारको तर्फबाट तीन मन्त्री सहभागी थिए, शिक्षामन्त्री रघुजी पन्त, अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक । यद्यपि, वार्ता पनि निष्कर्षमा पुग्न सकेन ।

अर्थमन्त्री पौडेल करिब एक घण्टा वार्तामा बसेर निस्किए । त्यसको केहीबेरमा गृहमन्त्री रमेश लेखक पनि निस्किए ।

वार्तामा सहभागी एक शिक्षकका अनुसार, शिक्षामन्त्री पन्त र गृहमन्त्री लेखक वार्तामा कडारूपमा प्रस्तुत भएका थिए । विभागीय मन्त्री नै कडारूपमा प्रस्तुत भएपछि शिक्षकहरू सशंकित बनेका छन् । मन्त्रीहरूको प्रस्तुतिबारे नेपाल शिक्षक महासंघको बुधबारको बैठकमा समीक्षा नै भएको छ ।

“हिजोको वार्तामा गृहमन्त्रीले शिक्षकलाई पानीको फोहोरा र लाठी चार्ज गरेको विषयमा बोल्नुभएको थियो । तर, विद्यार्थीहरू सडकमा आएको खण्डमा त्यो अवस्था नहुने पनि उहाँले बोल्नुभयो । त्यस्तै, शिक्षामन्त्री पन्तले पनि ऐनको विषयमा धेरै नै टीकाटिप्पणी गर्नुभयो । शिक्षकहरूका कुनै बुँदा मुद्दा हाले पनि पाउनुहुन्न भन्नुभएको थियो,” वार्तामा सहभागी एक शिक्षकले भने ।

बुधबार बिहान मध्यबानेश्वरस्थित रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयमा बसेको महासंघको बैठकपछि महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले पनि ऐन जारी गर्ने विषयमा सरकार गम्भीर नदेखिएको बताएकी छन् ।

“हिजो रातिकै वार्तामा शिक्षा ऐन जारी गर्न सरकार गम्भीर नदेखिएको पायौँ । त्यसैले गृहमन्त्रीले नै चेतावनीपूर्ण अभिव्यक्ति दिनुभयो । शिक्षामन्त्रीले पनि के हो यस्तो भन्ने हिसाबले कुरा गर्नुभयो । अझै पनि सरकार गम्भीर छैन,” पराजुलीले भनिन् ।

शिक्षकहरूले गत चैत २० गतेदेखि काठमाण्डौंको माइतीघर–बबरमहल–बानेश्वरकेन्द्रित सडक आन्दोलन गरिरहेका छन् । आफूहरूसँग विगतमा भएका सहमतिलाई समेटेर शिक्षा ऐन जारी गर्नुपर्ने उनीहरूको माग छ ।

सरकारसँग पटकपटक वार्ता भए पनि सहमति हुन सकेको छैन । मंगलबार रातिको वार्तामा शिक्षकले सरकारलाई नौबुँदे प्रस्ताव पेस गरेका थिए ।

अघिल्लो लेख प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट
अर्को लेख आईपीएल क्रिकेटमा आज पन्जाब र चेन्नई खेल्दै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राजनीति

चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

२०८१ मंसिर २०, बिहीबार ०८:०९ गते
राजनीतिराष्ट्रिय

रिपब्लिक मिडियालाई धराशयी गराइदिने परराष्ट्रमन्त्री राणाको धम्की

२०८२ जेष्ठ ३०, शुक्रबार ०९:४८ गते
राजनीतिसमाचार

शिक्षाबाहेकका विषय पढेकाले पनि शिक्षक लाइसेन्स परीक्षा दिन पाउने

२०८२ असार १५, आईतवार १३:३१ गते
राष्ट्रिय

शिक्षकहरू १६ दिनदेखि सडकमा, कक्षा १२ को वार्षिक परीक्षा नै रोकिने सम्भावना बढ्यो

२०८२ बैशाख ४, बिहीबार १५:३५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?