यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सोती घटना : उच्च अदालत सुर्खेतबाट जातीय विभेदको कसूर बदर, जन्मकैदको सजाय सदर
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सोती घटना : उच्च अदालत सुर्खेतबाट जातीय विभेदको कसूर बदर, जन्मकैदको सजाय सदर
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

सोती घटना : उच्च अदालत सुर्खेतबाट जातीय विभेदको कसूर बदर, जन्मकैदको सजाय सदर

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख १७, बुधबार १०:२५ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –उच्च अदालत सुर्खेतले जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको मुद्धामा जातीय छुवाछुत कसूरमा दिइएको सजाय बदर गरेको छ ।

उच्च अदालतका न्यायाधीशहरू सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले मङ्गलवार घटनाका २३ प्रतिवादीलाई जातीय विभेदको कसूर बदर गरेको हो । उनीहरुविरुद्धको जन्मकैदको सजाय भने उच्च अदालतले सदर गरेको छ ।

उच्च अदालतका उप–रजिस्ट्रार प्रेमप्रकाश थापाले सोती घटनामा उच्च अदालत सुर्खेतले जिल्ला अदालतको फैसला आंशिक सदर गरेको जानकारी दिए ।

उनका अनुसार गएको २०८० मङ्सिर १९ मा जिल्ला अदालत रुकुमपश्चिमका तत्कालीन जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासले तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २४ जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।

नवराजकी प्रेमीका, प्रेमीकाकी आमा र दाइलाई जातीय छुवाछुतमा दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय सुनाएको थियो । त्यसलाई उच्च अदालतले बदर गरेको उप–रजिस्ट्रार थापाले बताए ।

जिल्ला अदालतको फैसलाविरुद्ध रुकुमपश्चिम थुनामा रहेका मल्लसहितले २४ थान पुनरावेदन दायर गरेकोमा नवराज विकका बुबा मुनलाल नेपालीले दुई थान पुनरावेदन निवेदन दायर गरेका थिए ।

गएको वैशाख ९ मा उच्च अदालत सुर्खेतमा दायर २६ थान पुनरावेदन निवेदनमाथि न्यायाधीशद्वय मैनाली र भण्डारीको इजलासमा सुनुवाइ भएको हो ।

पाँच वर्षअघि २०७७ जेठ १० गते सोती गाउँका स्थानीयको आक्रमणबाट जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक, १७ वर्षीय गणेश बुढामगर, २१ वर्षीय सञ्जु विक, भेरी नगरपालिका–११ का १८ वर्षीय लोकेन्द्र सुनार, १७ वर्षीय गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिका–१ का २० वर्षीय टीकाराम नेपालीको ज्यान गएको थियो ।

यो घटनामा जिल्ला अदालतले रुकुम चौरजहारी नगरपालिका–८ का तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्ल, नेत्रबहादुर मल्ल, रेशम मल्ल, सविन पुन, नवीनकुमार घर्तीमगर, विराज पुन मगर, धनराज राना, भीमबहादुर पुन, रमित पुन मगर, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, मोहन पुन मगर, इर्दबहादुर ठकुरी, तिलक चन्द, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, विष्णु मल्ल, नवराजकी प्रेमिकाका बुबा र दाजुलाई जन्मकैदको फैसला सुनाएको थियो ।

अघिल्लो लेख स्पेनमा बिजुली अवरुद्ध हुँदा ७ जनाको मृत्यु
अर्को लेख प्रहरीले सबैसँग शिष्ट र मर्यादित व्यवहार गर्नुपर्ने गरी ऐन संशोधन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

हेटौंडामा सडक भासिँदा गाडी जमिनभित्र गायब

२०८२ बैशाख २०, शनिबार १२:४३ गते
राष्ट्रिय

३ महिनामा २९ प्रहरी सम्पर्कविहीन, कारबाही प्रक्रिया सुरु

२०८१ श्रावण १०, बिहीबार ०९:३८ गते
राजनीतिराष्ट्रिय

शेखर–गगन समूहले ४ मन्त्री माग गर्ने

२०८१ असार ३०, आईतवार १२:५५ गते
राजनीतिराष्ट्रियसमाचार

आज राष्ट्रियसभा बैठक बस्दै

२०८१ असार २०, बिहीबार ०८:५३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?