यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: शिक्षक आन्दोलन : वार्ता पनि, सडक आन्दोलन पनि!
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: शिक्षक आन्दोलन : वार्ता पनि, सडक आन्दोलन पनि!
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

शिक्षक आन्दोलन : वार्ता पनि, सडक आन्दोलन पनि!

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख १७, बुधबार १०:१० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं : आन्दोलनरत शिक्षक र सरकारबीच गएराति भएको वार्ता सहमति नजिक पुगेको छ।

आज थप छलफल गरेर सहमतिमा पुगिने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग वार्ता सकारात्मक दिशामा अघि बढेको बताएका छन्।

वार्तामा शिक्षकहरूले विभिन्न ९ बँदे प्रस्ताव राखेको र त्यसमा आज थप छलफल गरेर टुंग्याइने मन्त्रालयले जनाएको छ। शिक्षामन्त्री रघुजी पन्त र महासंघका पदाधिकारीबीचको वार्ता राति ८ बजेदेखि साढे १० बजेसम्म चलेको थियो। वार्तामा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए। वार्ता सहमति नजिक पुगेको नेपाल शिक्षक महासंघका महासचिव तुलबहादुर थापाले जानकारी दिए।

उनले आफुहरूले राखेको ९ बुँदे प्रस्ताव मन्त्रिपरिषद्बाट पास भएमा आन्दोलनको स्वरुप फेर्ने बताए। थापाका अनुसार अहिले बिहानै महासंघ आन्तरिक छलफलमा जुटेको छ। रत्नराज्य मावि बानेश्वरमा छलफल चरिरहेको र आन्दोलनको मोडालिटीबारे निर्णय हुने थापाले जानकारी दिए। आजको निर्धारित आन्दोलनको कार्यक्रम भने यथावत् रहेको महासंघले जनाएको छ।

आज पनि बिहान ११ बजेदेखि माइतीघर मण्डलाबाट आन्दोलन शुरु हुनेछ। सरकार पक्षसँग लगातार छलफल र संवाद चलिरहेको भन्दै महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले संवादमा हुनेहरू डटेर माग मुद्दामा लडिरहेकोले शिक्षकहरूलाई आन्दोलनलाई मर्यादित र अनुशासित गराउन अनुरोध गरेका छन्।

नेपाल शिक्षक महासंघको अगुवाइमा गत चैत २० गतेदेखि शिक्षकहरूले आन्दोलन गरिरहेका छन्। जसका कारण देशभरका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८२ को सुरुदेखि नै पठनपाठन प्रभावित भएको छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख डोटीमा सवारी दुर्घटना : एकको मृत्यु, छ जना घाइते
अर्को लेख स्पेनमा बिजुली अवरुद्ध हुँदा ७ जनाको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य
  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
  • नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरसमाचार

महाकाली नदीमा पानीको बहाव घट्दोः बाढी विस्थापित अझै घर फर्कन सकेनन्

२०८२ भाद्र १७, मंगलवार १२:१७ गते
राष्ट्रिय

तीनकुनेमा तीन वटा गाडी ठोक्किँदा एक महिलाको मृत्यु

२०८२ बैशाख २५, बिहीबार ०८:३४ गते
राष्ट्रिय

वडाध्यक्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन नमिल्ने सर्वोच्चको ठहर

२०८१ पुष ४, बिहीबार ०९:५४ गते
राष्ट्रिय

गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

२०८१ माघ २५, शुक्रबार १२:३३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?