यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २३ मंगलवार
2026, Sep 8, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सगरमाथा संवादको तयारी तीव्र : तीन सय बढी विदेशी पाहुनालाई पठाइयो औपचारिक निमन्त्रणा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २३ मंगलवार
2026, Sep 8, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सगरमाथा संवादको तयारी तीव्र : तीन सय बढी विदेशी पाहुनालाई पठाइयो औपचारिक निमन्त्रणा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

सगरमाथा संवादको तयारी तीव्र : तीन सय बढी विदेशी पाहुनालाई पठाइयो औपचारिक निमन्त्रणा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख १६, मंगलवार १२:४१ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –आउँदो जेठ २ देखि ४ गतेसम्म अर्थात् (मे १६ देखि १८ तारिखसम्म) हुने ‘सगरमाथा संवाद’ सम्मेलनको तयारी तीव्र भएको छ ।

हिमनदी संरक्षण, हरित ऊर्जा र जलवायु न्यायका सवालहरू विश्व समुदायलाई जानकारी गराउन सरकारले ‘सगरमाथा संवाद’ गर्न लागेको हो । सगरमाथा संवादका लागि तीन सयभन्दा धेरै विशिष्ट व्यक्तित्वलाई निमन्त्रणा गरिएको सरकारले जनाएको छ ।

जलवायु परिवर्तन, हिमाल र मानव भविष्य विषयमा केन्द्रित रहने संवादले विश्वका नेता, नीति निर्माता र वातावरणविद्हरूका बीचमा बहस गराउने सरकारको तयारी छ ।

संवादमा जलवायु विज्ञसँगै पीडितहरूको समेत सहभागिता गराउने गरी तीव्र तयारी भइरहेको परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर क्षेत्रीले बताए । सहसचिव क्षेत्रीका अनुसार जलवायु परिवर्तनले पुर्‍याएको हानि नोक्सानीको लेखाजोखा र हिमालको संरक्षणका सवालमा विभिन्न १२ वटा सत्रमा बहस हुनेछ ।

पछिल्लो समय स्थापना भएको हानि नोक्सानी कोषको प्रभावकारी परिचालन, पर्वतीय क्षेत्रमा परेको जलवायु प्रभावका कारण मानव जीवनमा आएको सङ्कट, पर्यटन, कृषि, ऊर्जालगायतका विषयमा सगरमाथा संवादमा गम्भीर बहस गरिने छ ।

हिउँ पग्लेर जलस्रोतमा कमी, भूक्षय, जैविक विविधता विनाश र स्थानीय समुदायहरूको जीवनस्तरमा असरजस्ता गम्भीर समस्याहरू नेपालले सामना गरिरहेको छ ।

सगरमाथा संवादले जलवायु सङ्कट समाधानका लागि विश्वव्यापी मञ्चको रूपमा कार्य गर्ने अपेक्षा सरकारको छ ।

यसले हिमाल, महासागर र यसका पारिस्थितिकीय प्रणालीबीचको परस्पर सम्बन्धलाई जोड दिँदै जलवायु परिवर्तनको सामना गर्न सामूहिक प्रयासको खाँचो औँल्याउने लक्ष्य राखेको छ ।

अघिल्लो लेख कैलालीका एसपी विष्टको सरुवा, राणा आउँदै
अर्को लेख डोटीमा सवारी दुर्घटना : एकको मृत्यु, छ जना घाइते
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

भारतको जम्मू–काश्मीरमा भएको आतङ्कवादी आक्रमणको नेपालले गर्‍यो निन्दा

२०८२ बैशाख १०, बुधबार १०:५६ गते
राष्ट्रिय

चिसो बढेपछि हुम्लाका विद्यार्थी हिउँमै बसेर पढ्न बाध्य

२०८१ मंसिर २७, बिहीबार १३:५६ गते
राष्ट्रिय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

२०८१ श्रावण ६, आईतवार ०९:५२ गते
राजनीतिराष्ट्रियसमाचार

केपी ओली चौथो पटक प्रधानमन्त्रीमा नियुक्त

२०८१ असार ३०, आईतवार १९:१९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?