यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: घिउ चल्ने, दुध नचल्ने प्रचलन कायमै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: घिउ चल्ने, दुध नचल्ने प्रचलन कायमै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बैतडी

घिउ चल्ने, दुध नचल्ने प्रचलन कायमै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख १३, शनिबार १३:०१ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

बैतडी । लोकतन्त्र स्थापना भएको १९ वर्ष बितिसक्दा पनि समाजमा दलित भनिएका समुदायले उत्पादन गरेको दुध अझै चल्न सकेको छैन ।

बैतडीलगायत सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा महिनावारी भएका महिलालाई पाँच दिनसम्म दुधदही दिइँदैन भने अर्कोतर्फ दलित समुदायले उत्पादन गरेको दुधदही सदिऔँदेखि कथित उच्च वर्गले चलाउने गरेका छैनन् ।

समाजमा अझै जातीय छुवाछुत र भेदभाव कायमै रहेकाले कृषि र पशुपालनमा लागेका दलित समुदायको घिउ चले पनि दुध चल्न नसकेको दलित अगुवा राजुराम भुलले बताए । गाउँपालिका र नगरपालिकाका क्षेत्रमै जातीय भेदभावका कारण दुध नचलेपछि दलित समुदायका मानिस पशुपालन व्यवसायमा लाग्न नसक्दा रोजगारीका लागि भारत पलायन हुने गरेका छन् ।

लोकतन्त्र स्थापनापछि बजार क्षेत्रमा भने दलित समुदायले दुध हालेको चिया खान पाउन थालेको दलित समाज विकासमञ्च बैतडीका सचिव दलभद्र दयालले बताए । उनले जातीय रूपमा छोइटिटो गर्ने परम्परा हटे पनि अन्य समुदायको जस्तो पशुपालन गरेर दुध बेचेर जीविका चलाउन सक्ने अवस्था नरहेको बताए ।

दलित र महिनावारी भएका महिलाले दुधदही खाएमा गाईभैँसी बिग्रन्छन् भन्ने अन्धविश्वास हटाउन धामीझाँक्री र पुजारी अग्रसर हुनुपर्ने बनारसीधामका पूजारी गणेशप्रसाद पन्तले बताए । उनले भने, “रूढीवादी परम्परा हटाउन कानुनको पालना र जनचेतना जगाउनु पर्छ । विदेश गएर जुठो भाँडा माझ्नुभन्दा स्वदेशमै गईभैँसी पालेर दुधदही बिक्री गर्ने वातावरण स्थानीय सरकारले मिलाउनु पर्छ ।”

राष्ट्रिय जनगणना २०७८ अनुसार बैतडीमा दलित समुदायको ५० हजार जनसङ्ख्या रहेको छ तर १० पालिकाका ८४ वडामा कतै पनि दलित समुदायमा व्यक्ति दुग्ध व्यवसायमा लागेको भेटिएको छैन । जिल्लाका कतिपय गाउँपालिका केन्द्रमै दुध नै पाइँदैन । बजारमा दुध बिक्री गरे दलित वा छाउ भएका महिलाले खान सक्छन् भन्ने अन्धविश्वासका कारण ग्रामीण भेगका किसान दुध बिक्री नै गर्दैनन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बैतडीको तथ्याङ्क अनुसार जिल्लामा २४ हजार दुधालु गाईबाट वार्षिक छ हजार ४८० मेट्रिक टन र १९ हजार दुधालु भैँसीबाट वार्षिक नौ हजार ८९५ मेट्रिक टन दुध उत्पादन हुने गरेको छ । कार्यालय प्रमुख गुमानीदत्त पन्तका अनुसार प्रतिव्यक्ति वार्षिक आधारभूत ९१ लिटर दुध आवश्यक पर्नेमा बैतडीमा ९६ लिटर प्रतिव्यक्तिमा उपलब्धता रहेको बताए ।

गाउँघरमा एक समुदायले अर्को समुदायलाई सितिमिति दुध नदिने भएकाले गोरसका लागि भए पनि प्रत्येक घरपरिवारमा गाईभैँसी पाल्ने चलनका कारण दुधको उपलब्धता रहेको उनले बताए । ग्रामीण क्षेत्रका अधिकांश किसान व्यावसायिक पशुपालनमा लाग्न नसक्दा आर्थिक अवस्था बलियो बन्न नसकेको पशु प्राविधिकले बताएका छन् । गोरखापत्रबाट

अघिल्लो लेख राजेन्द्र लिङ्देनको अभिव्यक्ति विवादमा, धनुषामा पुत्ला जलाइयो
अर्को लेख साँफेबगर आगलागीमा तीन करोड ८६ लाखभन्दा बढीको क्षति
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

बैतडीराष्ट्रिय

बैतडीका लागि उडेको अन्नपूर्ण एयरको हेलिकप्टर आकस्मिक अवतरण

२०८१ श्रावण २३, बुधबार १८:३३ गते
दार्चुलाबैतडी

सुख्खा पहिरोले दार्चुला–बैतडी जोड्ने सडक अवरुद्ध

२०८१ मंसिर ३, सोमबार ०८:५४ गते
अछामकञ्चनपुरकैलालीडडेल्धुराडोटीदार्चुलाबझाङबाजुराबैतडीसुदूरपश्चिम प्रदेश

कांग्रेस र एमालेले मागे सुदूरपश्चिमका मुख्यमन्त्रीको राजीनामा

२०८१ असार २३, आईतवार २२:४३ गते
बैतडी

मेलौली भगवतीको दर्शन गर्न आउने पर्यटकलाई धर्मशाला

२०८१ आश्विन ६, आईतवार १९:१७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?