यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढी विमानस्थल विस्तारको योजना अलपत्र
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढी विमानस्थल विस्तारको योजना अलपत्र
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढी विमानस्थल विस्तारको योजना अलपत्र

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख ४, बिहीबार ०९:०१ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

कैलाली – कैलालीको धनगढी विमानस्थल विस्तारको योजना अलपत्र परेको छ । २०७८ सालमा नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल विस्तार गर्न अगाडि सारेको योजना अलपत्र परेको हो ।

तीन वर्षअघि धनगढी विमानस्थल विस्तारको विषय चर्चामा आए पनि अहिले भने सेलाएको छ । २०७८ पुस ११ गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा एउटा बैठक बसेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणको सोही बैठकले धनगढी विमानस्थलको विस्तार गर्न भन्दै एक अर्ब रुपियाँको बजेट विनियोजन गर्ने निर्णय गरेको थियो । त्यो बेला धनगढीलाई क्षेत्रीय विमानस्थलका रूपमा विकास गर्न २५० बिघा जमिन अधिग्रहण गरेर एक हजार आठ सय मिटरको धावनमार्गलाई बढाएर दुई हजार पाँच सय मिटरको बनाउने भनिएको थियो ।

स्रोत सुनिश्चित नै नगरी त्यो बेला बजेट विनियोजन गरिएको थियो । एक अर्ब बजेटको हवाला दिएर तत्कालीन मन्त्रीले चर्चा कमाउन मात्रै खोजेकाले विमानस्थल विस्तारको योजना अलपत्र परेको हो । धनगढी विमानस्थल विस्तारको कुनै काम अगाडि नबढेको विमानस्थल प्रमुख गणेशबहादुर सिंहले बताए ।

दुई वर्षयता सरकारले धनगढी विमानस्थल विस्तार गर्न बजेट विनियोजन गरेको छैन । धनगढी विमानस्थल निर्माण तथा विमानस्थल विस्तारका लागि अध्ययन अनुसन्धान गर्ने नाममा तीन वर्षअगाडि भ्रमण गर्नेबाहेक अन्य उपलब्धि भएको छैन । आर्थिक वर्ष २०७७र७८ मा नागरिक उड्डयन प्राधिकरणले बनाएको गुरुयोजना मन्त्रीपरिषद्ले पास गरे पनि बजेट भने विनियोजन गरिएको थिएन । तत्कालीन पर्यटनमन्त्री आले अध्यक्ष रहेको उड्डयन प्राधिकरण बोर्डले २०७७ पुस ११ गते गुरुयोजना स्वीकृत गर्नेबाहेक अन्य थप काम अगाडि बढेको छैन । तीन वर्षअघि नै विमानस्थल विस्तारका लागि स्थानीयको जग्गा अधिग्रहण गर्न १५ देखि १६ अर्ब लाग्ने अनुमान गरिएको थियो । यसअघि एक अर्ब छुट्याएको भनिएको बजेटको पनि स्रोत सुनिश्चित नभएपछि जग्गा अधिग्रहणको काम अघि बढ्न नसकेको हो ।

अहिले भने विमानस्थल विस्तारको चर्चासमेत सेलाएको छ । विमानस्थल विस्तारको काम गर्न जग्गाको मुआब्जा दिनुपर्ने हुन्छ तर हाललाई सबै काम स्थगन गरिएको विमानस्थल कार्यालयले जानकारी गराएको छ । २०७८ को अन्तिमतिर रियल पाथ इन्जिनियरिङ नामक कन्सल्टेन्सीले विमानस्थल विस्तारका लागि जग्गा नापजाँचको काम गरेको थियो । ४५ मिटर चौडाइको दुई हजार ५५० मिटर लामो धावनमार्ग, अत्याधुनिक टर्मिनल भवन, पार्किङ एप्रोन, ह्याङ्गर, हेलिप्याड, कार्गो भवन, फ्युल स्टेसन, फायर फाइटिङ स्टेसन र उद्धार, चव्रmपथसहितका पूर्वाधार निर्माणको विषय गुरुयोजनामा छ । विमानस्थललाई क्षेत्रीयस्तरको बनाउन थप २५८.२५ बिघा जमिन आवश्यक पर्छ तर अहिले आएर विमानस्थल विस्तारको योजना मात्रै होइन, चर्चासमेत हुन छाडेकाले स्थानीयले आस मारेको बताएका छन् । गोरखापत्रबाट

ट्याग गरिएको:featured
अघिल्लो लेख बबई बोटिङ सञ्चालकलाई १५ दिनमा कारणसहित उपस्थित हुन उच्च अदालतको आदेश
अर्को लेख धनगढीका एक शिक्षकलाई चिट चेक गर्ने क्रममा गोप्य अंग छोएको आरोप
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

कैलालीगृहप्रदेशसमाचारसुदूरपश्चिम प्रदेश

कैलारीमा बाढीले घरहरु डुबानमा

२०८१ असार १९, बुधबार १६:२३ गते
कैलाली

कैलालीबाट लागुऔषधसहित ३ जना पक्राउ

२०८१ चैत्र २४, आईतवार ११:४८ गते
कैलाली

कैलालीको गर्भामा ९७ वर्ष पुरानो दरबार बेवारिसे

२०८१ माघ २५, शुक्रबार ११:३० गते
कैलाली

धनगढीमा ‘बुक फ्री फ्राइडे’ कार्यक्रम लागु

२०८१ श्रावण १५, मंगलवार १३:४९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?