धनगढी –पुनर्वासमा रहेको पशुपति शिक्षा मन्दिरमा नयाँ वर्षका अवसरमा दीप प्रज्ज्वलन गरिएको छ ।
आइतबार साँझ कञ्चनपुरको पुनर्वास नगरपालिका-११ अमरवस्तिमा रहेको पशुपति शिक्षा मन्दिरले नयाँ वर्षका उपलक्ष्यमा दीप प्रज्ज्वलन गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादुराम सार्किको अध्यक्षता रहेको दीप प्रज्ज्वलन कार्यक्रममा पुनर्वास नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष तुलसी अर्यालको प्रमुख आतिथ्यता रहेकोे थियो ।
यस्तै राष्ट्रिय माध्यमिक विद्यालय, अमरबस्तिका प्रधानाध्यापक नवराज पाण्डेय प्रमुख वक्ता रहेका थिए भने विद्यालय व्यवस्थापन समितिका सचीव लेखनाथ शर्मा र चौधरी गाउँका भलमन्सा पञ्चुराम चौधरीको आतिथ्यता रहेकोे थियो ।
कार्यक्रममा नृत्य, एकल गीत प्रस्तुतसँगै दीप प्रज्ज्वलन गरिएको जनाइएको छ ।





