धनगढी – धनगढीको कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि अनेरास्ववियुबाट यमराज जोशीले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।
स्ववियु केएमसीका निवर्तमान अध्यक्षसमेत रहेका जोशीले विगतमा आफूले गरेको अनुभवका आधारमा क्याम्पसका विद्यार्थी, प्राध्यापक र पार्टीले मूल्याङ्कन गरेको र आफूले गरेको कामहरूको आधारमा फेरि पनि यसपटक चुनावमा उम्मेदवार बनेर आएको उनले बताएका छन्।
अध्यक्ष पदका उम्मेदवार जोशीले स्ववियु केएमसीमा दुई वर्षसम्म कार्य गरिरहँदा स्ववियुसङ्ग भएको स्रोत साधनले भ्याएसम्म इमान्दारितापूर्वक काम गरेको र यसभन्दा अगाडि पनि विद्यार्थीहरू, क्याम्पस र प्राध्यापकहरूका लागि थुप्रै कार्यहरू गर्दै आइरहेको बताए।
उनले भने, “विगत दुई वर्षमा गलत नियतले कुनै पनि कार्य गरिएन त्यसकारण सम्पूर्ण विद्यार्थीहरूले माया गरिरहनुभएको छ, मेरो चुनाव जित्ने आधार भनेको नै यो दुई वर्षमा इमान्दार भएर गरिएको गतिविधि हो।”
साथै, दुई वर्षमा विभिन्न कार्यको सुरुवात गरिएको र सीमित साधन स्रोतले गर्दा केही कामहरू अधुरा भएकाले ती कामहरूलाई पूर्णता दिनका लागि आफ्नो पुनः उम्मेदवारी रहेको अध्यक्ष पदका उम्मेदवार यमराज जोशीले बताए।
यी हुन्, यमराज जोशीको नेतृत्वमा रहेका अनेरास्ववियुका अन्य उम्मेदवार






