यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: लन्डनमा हुने ‘लाफ्टर फर लाइफ’ मा सन्दीप क्षेत्रीसंगै राजेश हमालको कमेडी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: लन्डनमा हुने ‘लाफ्टर फर लाइफ’ मा सन्दीप क्षेत्रीसंगै राजेश हमालको कमेडी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियसाहित्य

लन्डनमा हुने ‘लाफ्टर फर लाइफ’ मा सन्दीप क्षेत्रीसंगै राजेश हमालको कमेडी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र ११, सोमबार १५:१३ गते
SudarshanTelevision
5 मिनेटको
सेयर गर्नुहोस्

लन्डन –माया इभेन्ट्सको आयोजनामा आउंदो २७ अप्रिल आइतबार सांझ लन्डनमा हुने ‘लाफ्टर फर लाइफ’ कार्यक्रम तयारी तीव्र पारिएको छ ।

कार्यक्रम भेन्यू ह्यारो लिजर सेन्टरमा बुधबार पत्रकार सम्मेलन गरि आयोजक माया इभेन्ट्सले कार्यक्रम तयारीबारे जानकारी गराएको हो ।

आयोजकका अनुसार लण्डनको ह्यारो लिजर सेन्टरमा आयोजना हुने ‘लाफ्टर फर लाइफ’ लाइभ इन लन्डनका लागि महानायक राजेश हमाल र मिष्टर ह्याप्पी उपनामले परिचित लोकप्रिय हांस्यकलाकार सन्दीप क्षेत्री आउने भएका छन् ।

सोही कार्यक्रममा नेपालका चर्चित गायक नवीन के भट्टराईले पहिलोपटक अतृप्त व्याण्डसहित लाइभ ‘परफर्म’ गर्ने आयोजक माया इभेन्ट्सकी रक्षा थापाले बताइन् ।

बेलायतको व्यस्त जीवनमा एकैछिन भएपनि हाँसोखुसी दिलाउने उद्देश्यले कार्यक्रम गरिएको उनले जनाइन् । ‘कार्यक्रम कुनै व्यवसायिक उद्देश्यले नगरि विशुद्ध मनोरन्जन दिलाउने चाहना रहेकाले विद्यार्थी तथा समूहमा टिकट काट्नेहरुका लागि छुट व्यवस्था गरिएको छ,’ थापाले भनिन् ।

एक हजार आठ सय दर्शक क्षमता भएको उक्त हलमा आयोजना हुन गइरहेको कार्यक्रममा कमेडी, कन्सर्ट तथा खानपिन समेत प्रबन्ध भएको हुँदा उक्त दिनलाई ‘बेष्ट सन्डे नाइट’ बनाउन सबै बेलायतवासीलाई थापाको आग्रह छ।

इभेन्ट प्रोजेक्ट म्यानेजर भूपेन्द्र बिष्टले कार्यक्रमको कन्सेप्टबारे जानकारी गराए । पछिल्लो पुस्ताका युवा वर्गलाई पनि ९० को दशकका कलाकारसँग परिचित गराउने उद्देश्य रहेको उनले बताए ।

शुरुको दुई घण्टा राजेश हमाल र सन्दीप क्षेत्रीको कमेडी प्रस्तुत हुने र बाँकी समय करिब दुई घण्टा गायक नवीन के भट्टराईले आफ्नो ब्यान्डकासाथ सांगीतिक प्रस्तुति दिने बिष्टले जनाए । भिआइपी टिकटका लागि ५० पाउण्ड छ जसमा डिनर समेत व्यवस्था हुनेछ भने स्ट्याण्डर्ड टिकट २५ पाउण्ड र विद्यार्थीका लागि टिकट मूल्य २० पाउण्ड निर्धारण गरिएको छ।

मार्केटिङको जिम्मा लिएका अर्जुन तिवारीले विद्यार्थीलाई विशेष सहुलियत प्रदान गर्ने उद्देश्यले टिकटमा छुटको व्यवस्था मिलाइएको बताए । पहिलादेखि नै आफूले विद्यार्थीको आपतविपतमा सहयोग गर्दै आएको हुँदा विद्यार्थी एवं युवा वर्गलाई बढी ‘फोकस’ गरेको उनले बताए ।

शुभम दाहाल र सागर आग्री कार्यक्रम सफल पार्न फेसबुक टिकटक, इस्टाग्राम लगायत सामाजिक संजालमा निकै सक्रिय भएर लागिरहेका छन् । उनीहरु सोसल मिडिया कोअर्डिनेटर एवं टिकेटिङ सेल्स म्यानेजर हुन् ।

त्यस्तै भरतराज जोशीले माया इभेन्ट्सले नयाँ पुस्तालाई बढी फोकस गर्दै आएकाले आफूले नेपाली विद्यार्थीलाई विगतदेखि सहयोग गर्दै आएको बताए । बेलायतमा काम र कोठामा मात्र सिमित रहंदा एक्लोपन महशुस हुने हुँदा रिफ्रेसमेन्टका लागि पनि यो कार्यक्रममा विद्यार्थीलाई विशेष छुट दिइएको उनले बताए।

महानायक राजेश हमाल कमेडियनका रुपमा पहिलोपल्ट लन्डनबाट स्टेजमा उत्रिंदै छन् भने हमाल र क्षेत्रीले विश्व टुर अन्तर्गत पहिलो यात्रा लन्डनबाटै शुरु गर्न लागेका हुन्। नेपालका लिजेन्ड्री पप गायक नवीन के भट्टराई करिब डेढ दशकपछि अतृप्त व्याण्डसहित बेलायत आउन लागेका हुन् ।

आंखामा तिमीलाई, ए झरी, तिमी हौ लाखौंको धड्कन, सायद तिमी नै, दोबाटोमा, खांदै नखाको विषले, डर लाग्छ, अलि अलिकति पीडा, यही हो त माया, तिमीले हेर्दा कसैलाई लगायत उनका दर्जनौं गीत दर्शक स्रोताले अत्यधिक रुचाएका छन्।

एउटै स्टेजमा नवीन के भट्टराई र व्याण्डको गायन अनि महानायक राजेश हमाल र लोकप्रिय हांस्यकलाकार सन्दीप क्षेत्री (मिष्टर ह्याप्पी) को स्ट्याण्ड अप कमेडी हेर्नका लागि उपस्थित हुन सम्पूर्ण बेलायतवासीलाई आयोजकले आग्रह गरेका छन् । माया इभेन्ट्सको फेसबुक पेजलगायत विभिन्न सामाजिक संजालमार्फत अनलाइन टिकट शुरु भइसकेको छ।

विदेशमा नेपाली कला संस्कृति जगेर्ना र संवर्धनका लागि नियमित इभेन्ट्स गर्ने उद्देश्यले स्थापित माया इभेन्ट्सले गत वर्ष लन्डनमा इन्फा फिल्म अवार्डस् कार्यक्रम सफलतापूर्वक गरिसकेको छ।

अघिल्लो लेख दुई बालिकामाथि बलात्कार !
अर्को लेख आईपीएल क्रिकेटमा आज गुजरात र पन्जाब खेल्दै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रियसमाचार

भारतमा औषधी उद्योगमा भएको विष्फोटमा मृ*त्यु हुनेको संख्या ३४ पुग्यो

२०८२ असार १७, मंगलवार ११:०१ गते
अन्तर्राष्ट्रियसमाचार

एयर इण्डियाको दुर्घटनाग्रस्त विमानमा छैनन् नेपाली : दूतावास

२०८२ जेष्ठ २९, बिहीबार १६:११ गते
अन्तर्राष्ट्रिय

टर्कीको हतियार कारखानामा विस्फोट, १३ जनाको मृत्यु

२०८१ पुष १०, बुधबार १४:०६ गते
अन्तर्राष्ट्रियसमाचार

गाजामा भोकमरीको अवस्था भयावह, संयुक्त राष्टसङ्घका कर्मचारी समेत भोकै

२०८२ श्रावण ६, मंगलवार ११:४८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?