काठमाण्डौं –सुनको भाउ आज ९ सय रुपैयाँले बढेको छ ।
सुनको भाउ ९ सय रुपैयाँले बढेर तोलाको १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको १ लाख ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । हिजो सुनको भाउ तोलामा १ हजार ४ सय रुपैयाँले बढेको थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ १० रुपैयाँले बढेर तोलाको १ हजार ९ सय ५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।





