धनगढीः कैलाली र कञ्चनपुरबाट प्रहरीले लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ।
शनिवार कैलालीको धनगढीबाट २ र कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको हो। धनगढी उप–महानगरपालिका–१ पुष्पलाल चोकबाट ६० मिलिग्राम लागू औषध सहित स्थानीय ३० वर्षीय लोकेन्द्र कठायत पक्राउ परेका छन्।
सोही क्रममा प्रहरी माथि हातपात तथा अभद्र व्यवहार गर्ने लागू औषध प्रयोगकर्ता अन्दाजी २१ वर्षीय मनिष कुन्जेडालाई पनि पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।
यस्तै शनिवार कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीबाट ३ जना पक्राउ परेका छन्।





