धनगढी – धनगढीको साइपाल शिक्षा सदनको कक्षा ७ का विद्यार्थीले आयोजना गरेको वक्तित्वकला प्रतियोगितामा प्रथम हुने कक्षा आठमा अध्ययनरत रेजिना रोकायालाई ‘बाआमा’ पुस्तकसहित प्रमाणपत्र र नगद रकम प्रदान गरिएको छ।
यस्तै द्वितीय स्थान हासिल गर्नेलाई ‘मलाला’ किताबसहित प्रमाणपत्र र नगद रकम प्रदान गरिएको छ भने तृतीय स्थान हासिल गर्नेलाई ‘छाउघर’ पुस्तक प्रदान गरिनुका साथै प्रमाणपत्र नगद रकम प्रदान गरिएको छ।
साथै उक्त कार्यक्रममा दुईजना शिक्षिकाहरूलाई ज्ञानवर्धक कुराहरूसहित अध्यापन गराएकोमा मायाको चिनोसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ भने विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई आफ्नो कक्षामा २०८० सालमा कक्षा ६ प्रथम स्थान हासिल गरेकोमा बधाईसहित मायाको चिनो प्रदान गरिएको शिक्षक नवराज जोशीले बताएका छन्।

उक्त कार्यक्रम सञ्चालनको सम्पूर्ण जिम्मेवारी विद्यार्थीहरूले सम्हालेका थिए भने कार्यक्रमको परिकल्पनाकार शिक्षक जोशी रहेका छन्।
विद्यार्थीलाई सामाजिक संस्कार, सामाजिक सद्भाव र असल विचारको विकासका लागि सदा तत्पर रहने शिक्षक नवराज जोशी साइपाल शिक्षा सदनका अतिरिक्त क्रियाकलाप संयोजक पनि हुन्।
शिक्षक जोशीले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापहरूसँग जोड्नका लागि विद्यालयमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आइरहेका छन्।






