कञ्चनपुरः कञ्चनपुरबाट ९ लाख बढी मुल्यको सामान बरामद गरिएको छ।
भीमदत्त नगरपालिका–६ ऐठपुर र बेलौरी नगरपालिका–६ प्रेमनगरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ९ लाख २० हजार ९५० मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरिएको हो। उक्त मुल्य बराबरको माछा, सुट पिस, धोती, चप्पल, मोटरसाइकल थान–१ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।




