कञ्चनपुरः कञ्चनपुरमा खैरो हेरोइनसहित ४ जना पक्राउ परेका छन्।
भीमदत्त नगरपालिका-४ बजार स्थित महाकाली होटल एण्ड रेष्टोरेन्टको तेस्रो तलामा बसिरहेको अवस्थामा चेकजाँच गर्दा बेदकोट नगरापलिका-८ बस्ने बर्ष २३ को रमेश चौधरीसहित चार जना खैरो हेरोइनसहित पक्राउ परेका हुन्। चारै जनालाई शुन्य दशमलव १७ ग्राम खैरो हेरोइनसहित वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले आइतवार नियन्त्रणमा लिएको छ।





