यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: काठमाण्डौं–तराई ‘फास्ट ट्र्याक’ मा वैकल्पिक व्यवस्थाबाट बिजुली दिने प्राधिकरणको तयारी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: काठमाण्डौं–तराई ‘फास्ट ट्र्याक’ मा वैकल्पिक व्यवस्थाबाट बिजुली दिने प्राधिकरणको तयारी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

काठमाण्डौं–तराई ‘फास्ट ट्र्याक’ मा वैकल्पिक व्यवस्थाबाट बिजुली दिने प्राधिकरणको तयारी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष १६, मंगलवार १३:१८ गते
SudarshanTelevision
5 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –नेपाल विद्युत् प्राधिकरणले काठमाण्डौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ माण्डु माल्टाबेंसी र इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी कोगटे क्षेत्रमा पर्ने सडक निर्माणका लागि आवश्यक बिजुली वैकल्पिक व्यवस्थामार्फत आपूर्ति दिने भएको छ ।

बिजुली अभावमा फास्ट ट्र्याकको निर्माण प्रभावित हुन नदिन प्राधिकरणले वैकल्पिक व्यवस्था गरी जतिसक्दो छिटो आपूर्तिका लागि काम अगाडि बढाइसकेको छ । स्थानीय बासिन्दाका लागि भने बिजुली आपूर्तिमा भने कुनै समस्या छैन ।

फास्ट ट्र्याकको माण्डु माल्टाबेंसी र सिस्नेरी कोगटे क्षेत्रमा पुल, ग्यालरी सुरुङलगायतका संरचना निर्माणका लागि आवश्यक बिजुली अभावमा निर्माण प्रभावित हुन नदिन प्राधिकरणले वैकल्पिक व्यवस्था गरी आपूर्ति दिन लागेको छ । फास्ट ट्र्याकलाई यस क्षेत्रमा झन्डै १२ मेगावाट बिजुली आवश्यक पर्नेछ । यस क्षेत्रमा चार प्याकेजमा निर्माण भइरहेको छ ।

बिजुली आपूर्तिको वैकल्पिक व्यवस्थाअन्तर्गत कुलेखानी पहिलो जलविद्युत् केन्द्र ढोर्सिङ्गबाट माण्डुसम्मको पहिले चालू रहेको ६६ केभी लाइनलाई ११ केभीमा सञ्चालनमा ल्याइने छ । काठमाण्डौंमा जगेडामा रहेको २२ दशमलव ५ एमभीएको पावर ट्रान्सफर्मरलाई ढोर्सिङ्ग सबस्टेशनमा लगेर त्यहाँ जडान गरी त्यहीमार्फत फास्ट ट्र्याकका लागि आवश्यक बिजुली आपूर्ति दिइनेछ ।

ढोर्सिङ्ग सबस्टेशनमा स्थानीय रूपमा बिजुली आपूर्तिका लागि अहिले ५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर पूर्ण भारमा चालू रहेकाले थप बिजुली प्रवाह गर्न नसकिने हुँदा अर्को ठूलो क्षमताको ट्रान्सपर्मर थप्न लागिएको हो ।

गएको असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले माण्डु हाइड्रोपावर लिमिटेडले सञ्चालन गरेको २२ मेगावाटको बाग्मती खोला साना जलविद्युत‍्को विद्युत् गृहलगायतका संरचनामा ठूलो क्षति पुर्‍याई बिजुली उत्पादन बन्द हुँदा फास्ट ट्र्याक खण्डमा आपूर्ति हुन सकिरहेको छैन । बाग्मती नदीमा आएको बाढीले आयोजनाबाट उत्पादित बिजुली प्रवाह गर्ने स्विचयार्ड र त्यहाँ प्राधिकरणले राखेको पावर ट्रान्सफर्मरलगायतका उपकरणसमेत बगाइदिएको थियो ।

आयोजनाबाट उत्पादित बिजुली ६६ केभी प्रसारण लाइनमार्फत ढोर्सिङ्ग र ३३ केभी लाइनमार्फत ललितपुरको माल्टा सबस्टेशनतर्फ प्रवाह गरिएको थियो । माल्टा सबस्टेशनबाट ११ केभी लाइनमार्फत फास्ट ट्र्याकलाई आपूर्ति दिइएको थियो । माल्टा सबस्टेशनमा ललितपुरमै सञ्चालनमा रहेको अर्को २ मेगावाटको खानीखोला जलविद्युत् आयोजना पनि जोडिएको थियो ।

तर बाढी पहिरोले खानीखोलामा पनि क्षति पुगेपछि माल्टा सबस्टेशन विद्युत् स्रोतविहीन बनेको थियो । जसका कारण फास्ट ट्र्याकको बिजुली आपूर्ति बन्द भएको थियो । अहिले दुवै आयोजनाको पुनर्निर्माण चलिरहेको छ ।

बिजुली आपूर्ति नहुँदा फास्ट ट्र्याक निर्माणमा समस्या भएको नेपाली सेनाले जानकारी गराएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाललगायत सम्मिलित उच्चस्तरीय टोलीले हिजो माण्डु माल्टाबेंसी क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो ।

टोलीले पुनर्निर्माण भइरहेको बाग्मती खोला साना जलविद्युत् आयोजना र ढोर्सिङ्ग सबस्टेशनको भ्रमण गरी तत्काल बिजुली आपूर्ति गर्न सकिने विभिन्न विकल्पकहरूमा सम्बन्धित पदाधिकारीहरूसँग छलफल गरेको थियो । आयोजनाको पुनर्निर्माण आउँदो चैतभित्र सक्नेगरी काम भइरहेको छ । यो आयोजना सञ्चालन आएपछि पुरानै व्यवस्थाअनुसार बिजुली आपूर्ति हुनेछ ।

कार्यकारी निर्देशक घिसिङले आयोजना सञ्चालनमा नआएसम्मका लागि ढोर्सिङ्ग सबस्टेशनमा पावर ट्रान्सफर्मर थप्ने र ढोर्सिङ्ग–माण्डु लाइनलाई ११ केभीमा चार्ज गरी फास्ट ट्र्याकलाई बिजुली आपूर्ति दिनु तत्कालका लागि उपयुक्त विकल्प भएको बताए ।

‘हाम्रा कारणले राष्ट्रिय गौरवको आयोजनाको काम प्रभावित हुनु हुँदैन, अहिले यहाँ आपूर्ति दिन विद्युत् स्रोतको अभाव हो, बाढीले क्षति पुर्‍याएका जलविद्युत् आयोजनाहरूबाट बिजुली उत्पादन शुरू नभएसम्मका लागि वैकल्पिक व्यवस्थामार्फत आपूर्ति दिनुपर्छ, यसका लागि तत्काल काम शुरू गरौँ’, घिसिङले उल्लेख गरे ।

उपकार्यकारी निर्देशक सिलवालले लाइन पुनर्स्थापनाका लागि स्थानीय रूपमा गर्नुपर्ने आवश्यक काम तत्काल अगाडि बढाउन पालुङ र हेटौँडा वितरण केन्द्र प्रमुखहरूलाई निर्देशन दिए ।

अघिल्लो लेख आजदेखि लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन शुरू
अर्को लेख सोलुखुम्बुको सल्लेरीबाट सुर्केसम्म यातायात सेवा सञ्चालन हुँदा पर्यटन व्यवसायी उत्साहित
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

खेलकुदसमाचार

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको दोस्रो खेलमा नेपालले आज स्कटल्यान्डसँग खेल्दै

२०८२ असार ३, मंगलवार १०:२४ गते
अर्थ-वाणिज्यसमाचार

लगातार चार दिनदेखि बढेको सुनको भाउ आज १ हजार ७ सय रुपैयाँले घट्यो

२०८२ आश्विन ९, बिहीबार १४:०४ गते
समाचारसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा भुवा पर्वका अवसरमा भोलि बिदा

२०८२ पुष ३, बिहीबार ११:४९ गते
अर्थ-वाणिज्य

नेपालबाट बिजुली किन्ने योजना बङ्गलादेशबाट स्वीकृत

२०८१ भाद्र ३१, सोमबार १५:२५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?