धनगढी –आज धनगढी लगायत देशभर जापनिज भाषा परिक्षा जापनिज प्राेफेन्सी टेष्ट (जेपीटी) सम्पन्न भएको छ।
धनगढी सहित देशभरका आठवटा सेन्टरबाट लगभग एक हजारभन्दा बढी जापनिज भाषा अध्ययन गरिरहेका विद्यार्थी सहभागी थिए।
उच्च शिक्षा अध्ययनका लागि तथा कामदार भिसामा जापान जान चाहने नेपालीहरूले पछिल्लो समय जेपिटी टेस्ट महत्वका साथ रुचाइरहेको जेपीटी धनगढीका सेन्टर प्रमुख पदमराज जोशीले सुदर्शन टेलिभिजन लाई जानकारी गराएका छन्।
परीक्षा शान्त वातावरणमा सम्पन्न भएको जेपिटी सेन्टर धनगढीले जानकारी दिएको छ।






