यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न काठमाण्डौं महानगरको पत्राचार
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न काठमाण्डौं महानगरको पत्राचार
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न काठमाण्डौं महानगरको पत्राचार

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष १३, शनिबार १२:४६ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – काठमाण्डौं महानगरपालिकाले सरकारी स्वामित्वमा रहेका र सामाजिक सङ्घ–संस्थाका नाममा दर्ता भएका तर व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा सङ्घ–संस्थालाई कर तिर्न पत्राचार गरेको छ ।

पहिलो चरणमा पत्र पठाइएका सङ्घ–संस्थामा कृषि सामग्री कम्पनी लिमिटेड, पशुपति क्षेत्र विकास कोष, मारवाडी सेवा समिति र खाद्य व्यववस्था तथा व्यापार कम्पनी लिमिटेड छन् । यी कम्पनीलाई सम्पत्ति कर र बहाल कर तिर्न पत्राचार गरिएको राजस्व विभागका प्रमुख दीपक अधिकारीले जानकारी दिए ।

संविधानको धारा ५७ (४) तथा अनुसूची ८ अनुसार घर बहाल कर सङ्कलन गर्ने विषय स्थानीय तहको एकल अधिकारअन्तर्गत पर्छ । संविधानको धारा ६० मा स्थानीय तहले आफ्नो आर्थिक अधिकार क्षेत्रभित्रको विषयमा कर लगाउन र राजस्व उठाउन सक्ने व्यवस्था गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ५७ मा गाउँपालिका वा नगरपालिकाको आफ्नो क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, छप्पर, कारखाना, जग्गा वा पोखरी पूरै वा आंशिक तवरले बहालमा दिएकोमा त्यस्तोमा गाउँपालिका वा नगरपालिकाको बहाल कर लाग्नेछ भन्ने व्यवस्था छ । यस व्यवस्थाबमोजिम काठमाण्डौं महानगरपालिकाभित्रका बहाल आयमा लाग्ने कर महानगरले मात्र सङ्कलन गर्न सक्छ ।

यससँगै अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ को दफा ३ ९३० र अनुसूची ३ ले स्थानीय तहले स्थानीय कानूनबमोजिम घर बहाल कर लगाउन सक्ने व्यवस्था गरेको छ । महानगरले जारी गरेको राजस्व ऐन २०७५ को परिच्छेद ४, आर्थिक ऐन, तथा घर बहाल व्यवस्था निर्देशिका २०७९ ले आफ्नो क्षेत्रभित्रका व्यक्ति वा संस्थाले बहालमा लगाएको भवन, घर वा जग्गाको बहाल कर उठाउनेसम्बन्धी व्यवस्था छ ।

बहाल व्यवस्था गर्न काठमाण्डौ महानगरको नगरसभाले नेपालको संविधानको धारा २२६ को उपधारा (१) र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ बमोजिम महानगरको राजस्व ऐन २०७५ जारी गरेको छ । संविधानको धाराबमोजिम नगरसभाले जारी गर्ने सालवसाली आर्थिक ऐनले तोकेको दररेटमा रहेर सबै करदातासँग बहाल आम्दानीमा बहाल कर लगाउँदै आएको छ ।

अघिल्लो लेख अण्डाको भाउ अहिलेसम्मकै उच्च
अर्को लेख आज धनगढी लगायत देशभर जापनिज भाषा परिक्षा ‘जेपीटी’ सम्पन्न
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

त्रिभुवन विश्वविद्यालयमा कात्तिक १० सम्म पठनपाठन बन्द

२०८२ भाद्र २६, बिहीबार १०:४४ गते
राष्ट्रियसमाचार

मनाङको तिलिचो बेस क्याम्पमा फसेका ११ पर्यटकको उद्धार

२०८२ कार्तिक १५, शनिबार १०:३८ गते
राष्ट्रियसमसामयिक/राेचक

त्रिशूलीमा बेपत्ता बसको पर्दा भेटियो

२०८१ असार २८, शुक्रबार १९:२२ गते
प्रदेशराष्ट्रिय

तीन प्रदेशका केही स्थानमा भारी वर्षा हुने

२०८१ असार ३०, आईतवार ०७:४४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?