यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैङ्कमा लगानी गर्ने पैसा थुप्रियो तर कर्जा माग्ने भएनन्
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैङ्कमा लगानी गर्ने पैसा थुप्रियो तर कर्जा माग्ने भएनन्
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अर्थ-वाणिज्य

बैङ्कमा लगानी गर्ने पैसा थुप्रियो तर कर्जा माग्ने भएनन्

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष ११, बिहीबार ०९:२२ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने पैसा थुप्रिएको छ ।

तर कर्जा माग्ने व्यक्ति र व्यवसायिक संस्था भने भेटिन छाडेका छन् । डेढ वर्षअघिसम्म बैङ्क तथा वित्तीय संस्थासँग कर्जा लगानी गर्ने पैसा थिएन अर्थात् तरलता अभाव थियो । अहिले भने पैसा थुप्रिएको छ अर्थात् अधिक तरलता छ । अधिक तरलताले देशमा आर्थिक गतिविधि सुस्त रहेको र विकास निर्माण तथा उद्यमको विस्तार नभएको जनाउँछ ।

नेपाल राष्ट्र बैङ्कका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाका अनुसार अहिले मौद्रिक नीतिले काम नगर्दा देश तरलताको पासोमा परेको छ ।

राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार अहिले बैङ्कहरूमा कुल ६६ खर्ब ५९ अर्ब रुपैयाँ निक्षेप रहेको छ । ५३ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा लगानी छ । निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने भएकाले अहिले बैङ्कहरुसँग लगभग साढे ६ खर्ब रुपैयाँ बराबर लगानी योग्य रकम देखिन्छ । तर अर्थतन्त्र सुस्त हुँदा नयाँ उद्योग कलकारखाना खासै खुलेका छैनन्, खुलेकाले पनि क्षमता बढाउने आँट गरेका छैनन् ।

सरकारले ब्याज अनुदानमा दिने सहुलियतपूर्ण कर्जा रोकिएको छ । अधिक तरतलाको सबैभन्दा ठूलो समस्या पुँजीगत खर्च कम हुनु हो । चालु आर्थिक वर्षको साढे पाँच महिनामा जम्मा १२ दशमलव ८२ प्रतिशत अर्थात ४५ अर्ब १८ करोड रुपैयाँ मात्रै खर्च भएको छ ।

पुँजीगत खर्च नबढेसम्म अधिक तरलताको समस्या समाधान नहुने बताए, राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक थापा नरबहादुर थापाले बताए ।

लामो समय लगानीयोग्य रकम बैङ्कमा थुप्रिँदा त्यसले बैङ्किङ मात्रै नभएर देशकै अर्थतन्त्रमा समस्या ल्याउने विज्ञहरुले बताए ।

बैङ्कहरूसँग पैसा धेरै भए पनि लगानी गर्ने ठाउँ नभएकाले अर्थतन्त्रमा गतिशीलता कम हुन्छ । व्यवसाय विस्तार र नयाँ परियोजनाहरू सुस्त हुने सम्भावना बढ्छ । निक्षेपको ब्याजदर घट्न सक्छ, जसले गर्दा बचतकर्ताहरूलाई असर पर्छ ।

कम ब्याजदरले गर्दा बचत गर्ने प्रवृत्तिमा कमी आउन सक्छ । अधिक तरलताले बैङ्कहरूको नाफा कम हुन सक्छ, लगानीको अवसर नहुँदा बैङ्कहरूले जोखिमपूर्ण क्षेत्रमा लगानी गर्न सक्छन् । सँगै, वस्तु तथा सेवाको मूल्य बढ्न सक्छ । अधिक तरलताको समस्या समाधानको लागि पुँजीगत खर्च बढाउनुपर्ने राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाको सुझाव छ

यस्तै लघुवित्त र सहकारीका समस्या समाधानमा गम्भीर हुन उनको आग्रह छ ।

अघिल्लो लेख भोलि बेलुकादेखि बदली र वर्षाको सम्भावना
अर्को लेख जाजरकोटमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यसमाचार

शेयर बजार १८ अङ्कले घट्यो, ६ अर्ब ५४ करोड रुपैयाँको कारोबार

२०८२ भाद्र ८, आईतवार १६:१९ गते
अर्थ-वाणिज्य

विदेशमा पढ्नका लागि ३ महिनामै ३२ अर्ब १८ करोड रुपैयाँ बाहिरियो

२०८१ मंसिर ४, मंगलवार १४:५६ गते
अर्थ-वाणिज्य

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणमा समस्या : मुआब्जा विवादको विषय सुल्झाउने प्रयास

२०८१ पुष १६, मंगलवार १०:२४ गते
अर्थ-वाणिज्य

सुनको भाउ बढ्दा चाँदीको स्थिर

२०८२ बैशाख २२, सोमबार १३:०४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?